Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सन्दीप लामिछानेसँग हात मिलाएनन् स्कटिस खेलाडीले

सन्दीप लामिछानेसँग हात मिलाएनन् स्कटिस खेलाडीले

स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ । तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् ।

सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे ।

सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा आफू जानकारी भएको भन्दै  आफूहरु सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध  रहेको बताएको थियो ।

‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन,’ क्रिकेट स्कटल्याण्डले भनेको थियो, ‘यी खेलहरूमा खेलाडीको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो ।’

प्रतिक्रिया

ट्रेन्डिङ