Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कार्यसम्पादन मूल्यांकनका आधारमा अछाममा उत्कृष्ट भएको चौरपाटी गाउँपालीका प्रदेशमा दोस्रो स्थानमा

कार्यसम्पादन मूल्यांकनका आधारमा अछाममा उत्कृष्ट भएको चौरपाटी गाउँपालीका प्रदेशमा दोस्रो स्थानमा

अछाम जिल्लाको चौरपाटी गाउँपालीका कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा दोस्रो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा अछामका अरु स्थानिय तहहरुलाई पछि पार्दै चौरपाटी गाउँपालिका उत्कृष्ट भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिको ५०.५१ प्रतिशत अंक प्राप्त गर्दै दशौं स्थानमा आएको छ । सुदूरपश्चिम प्रदेशभरीमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका पहिलो र अछाम जिल्लाको चौरपाटी गाउँपालीका दोस्रो स्थानमा रहेको छ । सय अंक भारमा चौरपाटी गाउँपालिकाले ७३.२५ प्रतिशत अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो र सुदूरपश्चिम प्रदेशको दोस्रो तथा देशकै २८ औँ स्थानमा परेको चौरपाटी गाउँपालीकाका अध्यक्ष भिम साउँदले जानकारी दिनुभयो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७८/०७९ को ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेको छ । जसमा अछाम जिल्लाभरीमा मंगलसैन नगरपालिका ६९.२६ प्रतिशत सहित दोस्रो, ढकारी गाउँपालिका ६४.०९ प्रतिशत सहित तेस्रो, कमलवजार नगरपालिका ६१.५१ प्रतिशत सहित चौथो, मेल्लेख गाउँपालिकाल ५६.५९ प्रतिशत सहित पाँचौ, वान्नीगढी जयगढ गाउँपालिकाल ५६.०९ प्रतिशत सहित छैटौं, साँफेबगर नगरपालिका ५३.६५ प्रतिशत सहित सातौं, पन्चदेवल विनायक नगरपालिका ५२.४९ प्रतिशत सहित आठौं, रामारोशन गाउँपालिका ५२.४० प्रतिशत सहित नवौं स्थान हाँसिल गरेका छन् । 

प्रतिक्रिया