ताजा अपडेट
कार्यसम्पादन मूल्यांकनका आधारमा अछाममा उत्कृष्ट भएको चौरपाटी गाउँपालीका प्रदेशमा दोस्रो स्थानमा
अछाम जिल्लाको चौरपाटी गाउँपालीका कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा दोस्रो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा अछामका अरु स्थानिय तहहरुलाई पछि पार्दै चौरपाटी गाउँपालिका उत्कृष्ट भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिको ५०.५१ प्रतिशत अंक प्राप्त गर्दै दशौं स्थानमा आएको छ । सुदूरपश्चिम प्रदेशभरीमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका पहिलो र अछाम जिल्लाको चौरपाटी गाउँपालीका दोस्रो स्थानमा रहेको छ । सय अंक भारमा चौरपाटी गाउँपालिकाले ७३.२५ प्रतिशत अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो र सुदूरपश्चिम प्रदेशको दोस्रो तथा देशकै २८ औँ स्थानमा परेको चौरपाटी गाउँपालीकाका अध्यक्ष भिम साउँदले जानकारी दिनुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७८/०७९ को ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेको छ । जसमा अछाम जिल्लाभरीमा मंगलसैन नगरपालिका ६९.२६ प्रतिशत सहित दोस्रो, ढकारी गाउँपालिका ६४.०९ प्रतिशत सहित तेस्रो, कमलवजार नगरपालिका ६१.५१ प्रतिशत सहित चौथो, मेल्लेख गाउँपालिकाल ५६.५९ प्रतिशत सहित पाँचौ, वान्नीगढी जयगढ गाउँपालिकाल ५६.०९ प्रतिशत सहित छैटौं, साँफेबगर नगरपालिका ५३.६५ प्रतिशत सहित सातौं, पन्चदेवल विनायक नगरपालिका ५२.४९ प्रतिशत सहित आठौं, रामारोशन गाउँपालिका ५२.४० प्रतिशत सहित नवौं स्थान हाँसिल गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया