Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रपतिबाट सांसद चौधरीसहित १४ जनाको सजाय माफी

राष्ट्रपतिबाट सांसद चौधरीसहित १४ जनाको सजाय माफी

आगजनी मुद्दामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएकी छिन् । शुक्रबार माफीसम्बन्धी निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

चौधरीसहित १४ जनालाई माफीको निर्णय भएको हो । कानुनी प्रक्रिया पूरा गरी संविधान र कानुनमा भएको प्रावधानअनुसार माफी दिइएको गृह मन्त्रालयले जनाएको छ । संविधान दिवसका अवसरमा यस्तो माफी दिइएको हो । 

माफीसम्बन्धी विषयमा सिफारिस भए पनि निर्णयको आधिकारिक जानकारी नआएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘हामीले १४ जनाको नाम माफीका लागि सिफारिस गरेका थियौँ, राष्ट्रपति कार्यालयबाट यसबारे आधिकारिक जानकारी आइसकेको छैन,’ उनले भने । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा पुष्कर गौतमलगायत १४ जनालाई माफी दिइएको उल्लेख छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माफीसम्बन्धी सिफारिस गरेको थियो । 

संविधानको धारा २७६ मा टेकेर माफी दिइएको हो । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’ खासगरी राजनीतिक प्रकृतिका मुद्दामा माफी दिने मर्मका आधारमा यस्तो प्रावधान राखिए पनि यसको दुरुपयोग हुँदै आएको छ । माफी पाएकाहरू संविधान दिवसका दिनमा छुट्नेछन् । 

सांसद चौधरी गत १९ माघमा पक्राउ परेका थिए । आगजनी मुद्दामा ६ महिना कैद भएको थियो । त्यस्तै, तीन सय ८१ जना कैदीलाई असल चालचलनको भएको आधारमा भुक्तान हुन बाँकी कैद माफी भएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, नकारात्मक मुद्दाको सूचीमा नभएकाहरूले यस्तो सुविधा पाउँदै आएका छन् । 

प्रतिक्रिया