Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै हुन्छ: महामन्त्री शर्मा

आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै हुन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्।

आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए।

‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’

उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।

‘अहिले एमाले अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्नुभएको छ,  हामीले ढोक्सा थापेको होइन,’ उनले भने, ‘ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन, हामी चुनावबाटै एक भएर आएका थियौं।’

प्रतिक्रिया