Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री दाहाल

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको बताए ।

विश्वभर भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए ।

साथै कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु रहेको उनको भनाइ थियो ।प्रधानमन्त्री दाहालले यस क्रममा लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताएका थिए ।

प्रतिक्रिया