ताजा अपडेट
एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ? - महासचिव देव गुरुङ
राष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् । उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।
‘संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरित हामी मान्दैनौ’, गुरुङले भने, ‘दलहरूको जस्ट सिफारिस मात्र हो ।’ महासचिव गुरुङले प्रश्न गर्दै एमाले पार्टी विशेषको राष्ट्रपति हुन नसक्ने पनि बताए ।
‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले कुनै दलले प्रस्ताव राख्न पाउने भएपनि कुनै दल विशेषलाई राष्ट्रपति बनाउन नसकिने बताए ।
जसले साझा सहमति जुट्न सक्ने पात्र अघि सार्छ, जसले राष्ट्रियता र संविधानको पक्षमा काम गर्छ र उसैलाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने महासचिव गुरुङको दावी छ । उनले एमालेलाई धोका दिएको भन्ने कुरा पनि सत्य नभएको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया