Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

त्रिकोणात्मक एकदिवसीय सिरिज : रोहितको लोभलाग्दो प्रदर्शनमा नेपाल विजेता

त्रिकोणात्मक एकदिवसीय सिरिज : रोहितको लोभलाग्दो प्रदर्शनमा नेपाल विजेता

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।

नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेलमा जित निकाल्दै सिरिज विजेता बनेको हो। सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ विकेट गुमाउँदै ३५ बल बाँकी छदै नेपालले लक्ष्य भेटाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अवजित सर्वाधिक ९५ रन जोडे। उनले १०१ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ९२ रन जोडेका हुन्। यस्तै करन केसीले ३७ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३१ रनमा अवजित रहे।

नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।

तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन्। यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ। उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन्।

नेपालले सन्दीप जोरालाई पाँचौ विकेटकारुपमा गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट हुँदा छैटौं विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी १६ बलमा ७ रन जोड्दै आउट भएका हुन्।

सातौ विकेटकारुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो। सोमपाल ७ बलमा २ रन जोड्दै आउट भएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिदाँ करन केसीले ३ विकेट लिए।

यस्तै ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए। नेपालले शुक्रबारको खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो।

प्रतिक्रिया