Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

त्रिकोणात्मक एकदिवसीय सिरिज : रोहितको लोभलाग्दो प्रदर्शनमा नेपाल विजेता

त्रिकोणात्मक एकदिवसीय सिरिज : रोहितको लोभलाग्दो प्रदर्शनमा नेपाल विजेता

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए।

नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेलमा जित निकाल्दै सिरिज विजेता बनेको हो। सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ विकेट गुमाउँदै ३५ बल बाँकी छदै नेपालले लक्ष्य भेटाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अवजित सर्वाधिक ९५ रन जोडे। उनले १०१ बलमा ४ छक्का र ७ चौकाको मद्धतमा ९२ रन जोडेका हुन्। यस्तै करन केसीले ३७ बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३१ रनमा अवजित रहे।

नेपालले पहिलो विकेटकारुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ४ बलमा १ रन जोड्दै आउट भएका हुन् भने दोस्रो विकेटकारुपमा अर्का ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख २३ बलमा १२ रन जोड्दै आउट भएका हुन्।

तेस्रो विकेटकारुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। मल्ल ३० बलमा २१ रन जोड्दै आउट भएका हुन्। यस्तै, चौथो विकेटकारुपमा कुशल मल्ललाई गुमाएको छ। उनी २८ बलमा १७ रन जोड्दै आउट भएका हुन्।

नेपालले सन्दीप जोरालाई पाँचौ विकेटकारुपमा गुमाएको छ। उनी ८ बलमा १ रन जोड्दै आउट हुँदा छैटौं विकेटकारुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ। उनी १६ बलमा ७ रन जोड्दै आउट भएका हुन्।

सातौ विकेटकारुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो। सोमपाल ७ बलमा २ रन जोड्दै आउट भएका थिए। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिदाँ करन केसीले ३ विकेट लिए।

यस्तै ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए। नेपालले शुक्रबारको खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो भने नामिबियाविरुद्ध पनि दुई खेल नै जितेको थियो।

प्रतिक्रिया