Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृत पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुईटा मतदान केन्द्र रहने छन् । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको नामसूची पठाइसकेका छन्। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । 

दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउनेबारे राजनीतिक कसरतमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ । नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने भनिरहेको छ । नेकपा (एमाले) ले गत पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार सत्ता साझेदार दलबाट हुनुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ