Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १९ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

७१ लाख ८० हजारसहित हुन्डी कारोबारी पक्राउ

७१ लाख ८० हजारसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७१ लाख ८० हजार रुपैयाँसहित पटके हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घरभई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्ता छन् ।

काठमाडौंको कुलेश्वर क्षेत्रमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिइ वित्तिय कारोबार (हुण्डी) गर्दै आएको सूचनाको आधारमा प्रहरीले गुप्तालाई सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीले हुन्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रुपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी ७१ लाख ८० हजार रुपैयाँ बरामद गरेको कार्यालयका सूचना अधिकारी एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीलाईविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।

गुप्ताले फलफूल व्यवसायको आवरणमा लामो समयदेखि अवैध हुन्डीको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी राठौरले बताए । उनले २०७५ साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेपाली ३१ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीविरुद्ध राजस्व छली सम्बन्धि कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोकबाट कारबाही भोगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया