Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

७१ लाख ८० हजारसहित हुन्डी कारोबारी पक्राउ

७१ लाख ८० हजारसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७१ लाख ८० हजार रुपैयाँसहित पटके हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घरभई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्ता छन् ।

काठमाडौंको कुलेश्वर क्षेत्रमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिइ वित्तिय कारोबार (हुण्डी) गर्दै आएको सूचनाको आधारमा प्रहरीले गुप्तालाई सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीले हुन्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रुपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी ७१ लाख ८० हजार रुपैयाँ बरामद गरेको कार्यालयका सूचना अधिकारी एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीलाईविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।

गुप्ताले फलफूल व्यवसायको आवरणमा लामो समयदेखि अवैध हुन्डीको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी राठौरले बताए । उनले २०७५ साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेपाली ३१ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीविरुद्ध राजस्व छली सम्बन्धि कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोकबाट कारबाही भोगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया