Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस–माओवादी ५ दलीय गठबन्धन ब्युँत्याउने सहमती नजिक, राष्ट्रपतिमा रामचन्द्र

कांग्रेस–माओवादी ५ दलीय गठबन्धन ब्युँत्याउने सहमती नजिक, राष्ट्रपतिमा रामचन्द्र

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पूरानै गठबन्धन ब्युँत्याउने सहमती नजिक पुगेका छन्। बुधबार साँझ बालुवाटारमा भएको शीर्षनेताको छलफलमा पुरानै गठबन्धन ब्युँत्याउने र राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्ने सहमती नजिक पुगेको कांग्रेसका एक नेताले जानकारी दिए।

अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेर साँझ शेरबहादुर देउवा बालुवाटार पुगेका थिए। बालुवाटारमा कांग्रेस–माओवादी यस्तो सहमती नजिक पुगेका हुन्।

‘राष्ट्रपतिमा लगभग सहमती जुट्यो, पुरानै गठबन्धन ब्युँतिन्छ र रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्छन्’, छलफलपछि कांग्रेसका एक शीर्ष नेताले भने।

कांग्रेस माओवादीको यो सहमतीसँगै सत्ता गठबन्धनमा भने हलचल ल्याउने भएको छ। यस्तो अवस्थामा नेकपा एमाले सरकारबाट बाहिरिने छ। एमालेले यसअघि नै माओवादीबाट राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग हुनु पर्ने र त्यसो नभए सत्ताबाट बाहिरिने चेतावनी दिएको थियो।

माओवादी भने एमालेलाई राष्ट्रपति दिन तयार छैन। प्रचण्ड अलमलमा रहेजस्तो गर्दै समानान्तर छलफलमा छन्। पछिल्लो समय माओवादी सत्ता साझेदार एमालेसँग भन्दा प्रमुख प्रतिपक्षी कांग्रेससँग नजिक देखिएको छ।

आफूले राष्ट्रपति नपाउँदा पनि एमालेले एकीकृत समाजवादीका नेतालाई अगाडी सारेको थियो। तर समाजवादीका नेताहरु त्यसलगतै देउवालाई भेट्न धुम्बराही पुगेका थिए।

त्यसपछि कांग्रेस र माओवादीको छलफल भएको हो। फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको कार्य तालिका छ। त्यसअघि नै दलहरु सहमती जुटाउन लागेका हुन्।

प्रतिक्रिया