Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस–माओवादी ५ दलीय गठबन्धन ब्युँत्याउने सहमती नजिक, राष्ट्रपतिमा रामचन्द्र

कांग्रेस–माओवादी ५ दलीय गठबन्धन ब्युँत्याउने सहमती नजिक, राष्ट्रपतिमा रामचन्द्र

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पूरानै गठबन्धन ब्युँत्याउने सहमती नजिक पुगेका छन्। बुधबार साँझ बालुवाटारमा भएको शीर्षनेताको छलफलमा पुरानै गठबन्धन ब्युँत्याउने र राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्ने सहमती नजिक पुगेको कांग्रेसका एक नेताले जानकारी दिए।

अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेर साँझ शेरबहादुर देउवा बालुवाटार पुगेका थिए। बालुवाटारमा कांग्रेस–माओवादी यस्तो सहमती नजिक पुगेका हुन्।

‘राष्ट्रपतिमा लगभग सहमती जुट्यो, पुरानै गठबन्धन ब्युँतिन्छ र रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्छन्’, छलफलपछि कांग्रेसका एक शीर्ष नेताले भने।

कांग्रेस माओवादीको यो सहमतीसँगै सत्ता गठबन्धनमा भने हलचल ल्याउने भएको छ। यस्तो अवस्थामा नेकपा एमाले सरकारबाट बाहिरिने छ। एमालेले यसअघि नै माओवादीबाट राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग हुनु पर्ने र त्यसो नभए सत्ताबाट बाहिरिने चेतावनी दिएको थियो।

माओवादी भने एमालेलाई राष्ट्रपति दिन तयार छैन। प्रचण्ड अलमलमा रहेजस्तो गर्दै समानान्तर छलफलमा छन्। पछिल्लो समय माओवादी सत्ता साझेदार एमालेसँग भन्दा प्रमुख प्रतिपक्षी कांग्रेससँग नजिक देखिएको छ।

आफूले राष्ट्रपति नपाउँदा पनि एमालेले एकीकृत समाजवादीका नेतालाई अगाडी सारेको थियो। तर समाजवादीका नेताहरु त्यसलगतै देउवालाई भेट्न धुम्बराही पुगेका थिए।

त्यसपछि कांग्रेस र माओवादीको छलफल भएको हो। फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको कार्य तालिका छ। त्यसअघि नै दलहरु सहमती जुटाउन लागेका हुन्।

प्रतिक्रिया

ट्रेन्डिङ