Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल

भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भाषण गरेर भ्रष्टाचार अन्त्य नहुने र त्यसका लागि कानून चाहिने बताएका छन्।

सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरणसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रभावकारी कानून बनाउनुपर्ने बताए।

‘हतारमा औपचारिकता पूरा गर्ने गरी यो विधेयक ल्याउन खोजिरहेको जस्तो गरी चर्चा भएको सुनिन्छ। एक समस्याबाट पार पाउन वा विदेशीलाई देखाउन लागि मात्रै गर्न खोजिएको हो कि मुलुकको भ्रष्टाचार अन्त्य गर्नका लागि गर्न खोजेको हो? भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, खासगरी त्यसअनुसार कानून बनाउन जरूरी छ,’ उनले भने, ‘यसअघिकै कानूनलाई हामीले संशोधन गर्न छलफल गरिएको हो। यसअघि बनाइएका कानून प्रभावकारी नहुँदा संशोधन जरूरी परेको हो।’

उनले अझ प्रभावकारी ढंगबाट कानून बनाउनुपर्ने बताए। उनले सुशासन दिन सक्ने स्थिति निर्माण गर्नुपर्ने बताएका छन्।

‘छलफल बुँदागत हुन जरूरी छ। सैद्धान्तिक छलफलले मात्रै पुग्दैन,’ उनले भने, ‘आर्थिक अपराध अन्त्य हुने गरी प्रभावकारी र कार्यान्वयनमुखी कानून बनाउनुपर्छ।’

प्रतिक्रिया