Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल

भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भाषण गरेर भ्रष्टाचार अन्त्य नहुने र त्यसका लागि कानून चाहिने बताएका छन्।

सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरणसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रभावकारी कानून बनाउनुपर्ने बताए।

‘हतारमा औपचारिकता पूरा गर्ने गरी यो विधेयक ल्याउन खोजिरहेको जस्तो गरी चर्चा भएको सुनिन्छ। एक समस्याबाट पार पाउन वा विदेशीलाई देखाउन लागि मात्रै गर्न खोजिएको हो कि मुलुकको भ्रष्टाचार अन्त्य गर्नका लागि गर्न खोजेको हो? भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, खासगरी त्यसअनुसार कानून बनाउन जरूरी छ,’ उनले भने, ‘यसअघिकै कानूनलाई हामीले संशोधन गर्न छलफल गरिएको हो। यसअघि बनाइएका कानून प्रभावकारी नहुँदा संशोधन जरूरी परेको हो।’

उनले अझ प्रभावकारी ढंगबाट कानून बनाउनुपर्ने बताए। उनले सुशासन दिन सक्ने स्थिति निर्माण गर्नुपर्ने बताएका छन्।

‘छलफल बुँदागत हुन जरूरी छ। सैद्धान्तिक छलफलले मात्रै पुग्दैन,’ उनले भने, ‘आर्थिक अपराध अन्त्य हुने गरी प्रभावकारी र कार्यान्वयनमुखी कानून बनाउनुपर्छ।’

प्रतिक्रिया

ट्रेन्डिङ