Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

झुलाघाटमा नेपाल–भारतको संयुक्त बैठक : अपराध र तस्करी नियन्त्रणमा जोड

झुलाघाटमा नेपाल–भारतको संयुक्त बैठक : अपराध र तस्करी नियन्त्रणमा जोड

नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।

भारत पिथौरागढको झुलाघाटस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा आयोजित बैठकमा सीमा सुरक्षा र तस्करी नियन्त्रण लगायतमा दुबै देशका अधिकारी मिलेर जाने निर्णय भएको हो। दुबै देशका अधिकारीहरुले नेपाल–भारत बीच अनाधिकृत रुपमा प्रयोग भइरहेका मार्गमा रोक लगाउनेमा विशेष जोड दिएका छन्।

एसएसबीको झुलाघाटस्थित जी कम्पनीमा बैठक भएको हो। ५५ औँ बाहिनीका कमाण्डेन्ट एसके शर्माको अध्यक्षतामा भएको उक्त बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक घटनाको सूचना आदान–प्रदान गर्ने, झुलापुल बाहेक अन्य अनधिकृत बाटो (टायर–ट्यूब) बाट हुने आवागमनमा रोक लगाउने र मानव तस्करी नियन्त्रण गर्नेमा दुबै देशका अधिकारी सहमत भएका छन्।

बैठकमा बैतडीस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लाल बहादुर नेगी, नेपाल प्रहरीका प्रहरी निरीक्षक लोकराज जोशी, प्रहरी चौकी जुलाघाटका सई योगेश बहादुर पाल, सशस्त्र प्रहरीका सई रघुनाथ जोशीको उपस्थिति रहेको थियो।

यस्तै भारतको झुलाघाटस्थित प्रहरी थानाका निरीक्षक पीसी जोशी, भन्सार निरीक्षक शिबेन्द्र पाण्डे, आईबीका प्रशांत कुमार, धर्मेन्द्र कुमार, जी कम्पनीका निरीक्षक रणवीर सिंह, सूचना निरीक्षक गणेश सिंहलगायतको बैठकमा सहभागिता रहेको थियो।

प्रतिक्रिया