ताजा अपडेट
ने बि संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन
नेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका निवासी खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् ।
काँग्रेस पार्टीको बिभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाई नेतृत्व दायि भुमिका निभाउदै आएका खड्कालाई नेबिसंघ केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी दिएको छ ।
हाम्रो बुलेटिन संवादाता संग कुरा गर्दै खड्काले नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघ नर्सरी हो । अब नर्सरीलाई मलजल गरी पार्टीलाई बलियो बनाउन आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् । खड्काले नेपाली काँग्रेसका भातृ संगठनहरूलाई चलायवान बनाउने हो भने काँग्रेस अवश्य बलियो हुने बताए।
जिल्लामा बिगत देखिनै बिभिन्न बिद्यालयमा संगठन बनाउदै आएका खड्का अहिले जिल्ला अध्यक्षमा मनोनित भएका छन् ।नेपाली काँग्रेस अछाम जिल्ला कार्यसमितिले अछामबाट आकांक्षी बिद्यार्थी नेताहरूको नाम ने.बि.संघ केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया