Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामको साँफेबगरमा एमालेका दुई पक्षको छुट्टाछुट्टै ग्रासरुट कार्यक्रम

अछामको साँफेबगरमा एमालेका दुई पक्षको छुट्टाछुट्टै ग्रासरुट कार्यक्रम

नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट कार्यक्रम अछामको साँफेबगरमा केपी ओली समुह र भिम रावल निकट समुहले छुट्टा छुटै गरेको छ ।

केन्द्रले साँफेबगर नगरपालीकामा अभीयान सञ्चालनको लागी पोलिट ब्यूरो सदस्य गौरी ओली ओलीलाई पठाएकोमा भीम रावल पक्षले रावललाई प्रमुख अथीति बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो ।दुई पक्षले साँफेबगरमै छुट्टा छुटै कार्यक्रम गर्दा केहि समय तनाव भएको थियो । पछि सुरक्षाकर्मी परिचालन गरि अबस्था सामान्य पारिएको थियो । आफु हिजोको जनप्रतिनिधी भएकोले नगर कमीटीले आफुलाई बोलाएर आएको भिम रावलले बताए ।

आफुलाई पार्टीले अभीयानका लागी खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको पोलिट ब्यूरो सदस्य गौरी ओलीले बताईन।पार्टीमा बसिरहने विधिबिधान नमान्नेलाई कारवाहि गरिने ओलिले बताईन। आज जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिपोर्टिङ हुने उनले बताईन। पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्य बिधी बिधान बिपरित भएको एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताए ।

भीम रावल अछाममा भएकाले रावललाई प्रमुख अथिती बनाएर गौरी ओलीलाई बिशिष्ट अथिती बस्न भनेको तर उनले नमान्नदा कार्यक्रम फरक फरक भएको साँफेबगर नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।आफू नगरको अध्यक्ष भएकोले भिम रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरले बताए ।यता ओलि पक्षले भने केन्द्रबाट आफुहरुलाई पठाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको बताईन।

प्रतिक्रिया