Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको साँफेबगरमा एमालेका दुई पक्षको छुट्टाछुट्टै ग्रासरुट कार्यक्रम

अछामको साँफेबगरमा एमालेका दुई पक्षको छुट्टाछुट्टै ग्रासरुट कार्यक्रम

नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट कार्यक्रम अछामको साँफेबगरमा केपी ओली समुह र भिम रावल निकट समुहले छुट्टा छुटै गरेको छ ।

केन्द्रले साँफेबगर नगरपालीकामा अभीयान सञ्चालनको लागी पोलिट ब्यूरो सदस्य गौरी ओली ओलीलाई पठाएकोमा भीम रावल पक्षले रावललाई प्रमुख अथीति बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो ।दुई पक्षले साँफेबगरमै छुट्टा छुटै कार्यक्रम गर्दा केहि समय तनाव भएको थियो । पछि सुरक्षाकर्मी परिचालन गरि अबस्था सामान्य पारिएको थियो । आफु हिजोको जनप्रतिनिधी भएकोले नगर कमीटीले आफुलाई बोलाएर आएको भिम रावलले बताए ।

आफुलाई पार्टीले अभीयानका लागी खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको पोलिट ब्यूरो सदस्य गौरी ओलीले बताईन।पार्टीमा बसिरहने विधिबिधान नमान्नेलाई कारवाहि गरिने ओलिले बताईन। आज जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिपोर्टिङ हुने उनले बताईन। पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्य बिधी बिधान बिपरित भएको एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताए ।

भीम रावल अछाममा भएकाले रावललाई प्रमुख अथिती बनाएर गौरी ओलीलाई बिशिष्ट अथिती बस्न भनेको तर उनले नमान्नदा कार्यक्रम फरक फरक भएको साँफेबगर नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।आफू नगरको अध्यक्ष भएकोले भिम रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरले बताए ।यता ओलि पक्षले भने केन्द्रबाट आफुहरुलाई पठाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको बताईन।

प्रतिक्रिया

ट्रेन्डिङ