Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा ने बि संघको ईकाई कमिटी गठन, आगामी स्ववियु निर्वाचनका लागी दल दर्ता

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा ने बि संघको ईकाई कमिटी गठन, आगामी स्ववियु निर्वाचनका लागी दल दर्ता

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन भएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला त्रिपुरा सुन्दरी क्याम्पसमा पनी ने.बि.संघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ ।

अछाम जिल्लाको मुख्य व्यापारीक केन्द्र साँफेबगरमा अर्थांत साँफेबगर नगरपालिकामा रहेको त्रिभुवन विश्वविद्यालय अन्र्तरगत रहेको त्रिपुरा सुन्दरी क्याम्पसमा महेन्द्र कुँवर सभापति रहने गरि ४२ सदस्यीय ईकाई कमिटी गठन गरिएकोे हो । नेपाल विद्यार्थी संघ अछामका अनुसार उप–सभापतिमा सागर खड्का , निशा खड्कालाई चयन गरिएको छ । त्यस्तै सचीवमा सौगात कुँवर र भाग्यश्वरी परियार , कोषाध्यक्षमा उर्मिला शाहलाई जिम्मेवारी दिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ । त्यसै गरी सहसचिव महेन्द्र रेग्मी र दिव्य जोशिलाई चयन गरिएको छ भने सदस्यमा नरेश बि.क. , अभिषेक कुँवर , बविता बिष्ट, छायाँ शर्मा, अभिषेक सुनार, दिया कुँवर, संगिता महत, सुस्मिता कुँवर, दिव्य कुँवर, पवन कुँवर, अस्मिता कुँवर, सुस्मिता जोशि, कमला रेग्मि, बिन्दु शर्मा लगायतलाई चयन गरिएको छ ।

शुक्रबार सर्वसम्मत सहमती जुटेर इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले बताए । नेपाल विद्यार्थी संघ अछामले स्ववियु निर्वाचन नजिकिदै गर्दा जिल्लाका सबै क्याम्पसमा इकाई कमिटी विस्तार गरी आगामि स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयि बनाउने अभियानमा आफुहरु लागिपरेको अध्यक्ष अध्यक्ष खड्काले बताए । नेपाल बिद्यार्थी सघ अछामले स्ववियु निर्वाचनको पुर्व संध्यामा संगठन बिस्तारलाई पुर्णता दिँदै स्ववियु निर्वाचनको तयारी थालेको छ । 

त्यसैगरी नेपाल विद्यार्थी संघ अछामले त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछाममा आगामि स्ववियू निर्वाचनका लागि दल दर्ता समेत गराएको छ । क्याम्पस प्रमुख टिका प्रसाद तिवारी समक्ष दल दर्ता गराउने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य जयन्द्र स्वाँर, भगवति खनाल, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय सचिव भिम बहादुर कुँवर, नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस सभा क का उपसभापती बिमाल कुँवर, नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का, तरुण विभागका केन्द्रिय सदस्य अनिल कुँवर, तरुण दल अछामका सदस्य गौतम कुँवर, हिरिण्ड खड्का लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया