Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०१ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा ने बि संघको ईकाई कमिटी गठन, आगामी स्ववियु निर्वाचनका लागी दल दर्ता

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा ने बि संघको ईकाई कमिटी गठन, आगामी स्ववियु निर्वाचनका लागी दल दर्ता

त्रिपुरा सुन्दरी क्याम्पस अछाममा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन भएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला त्रिपुरा सुन्दरी क्याम्पसमा पनी ने.बि.संघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ ।

अछाम जिल्लाको मुख्य व्यापारीक केन्द्र साँफेबगरमा अर्थांत साँफेबगर नगरपालिकामा रहेको त्रिभुवन विश्वविद्यालय अन्र्तरगत रहेको त्रिपुरा सुन्दरी क्याम्पसमा महेन्द्र कुँवर सभापति रहने गरि ४२ सदस्यीय ईकाई कमिटी गठन गरिएकोे हो । नेपाल विद्यार्थी संघ अछामका अनुसार उप–सभापतिमा सागर खड्का , निशा खड्कालाई चयन गरिएको छ । त्यस्तै सचीवमा सौगात कुँवर र भाग्यश्वरी परियार , कोषाध्यक्षमा उर्मिला शाहलाई जिम्मेवारी दिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ । त्यसै गरी सहसचिव महेन्द्र रेग्मी र दिव्य जोशिलाई चयन गरिएको छ भने सदस्यमा नरेश बि.क. , अभिषेक कुँवर , बविता बिष्ट, छायाँ शर्मा, अभिषेक सुनार, दिया कुँवर, संगिता महत, सुस्मिता कुँवर, दिव्य कुँवर, पवन कुँवर, अस्मिता कुँवर, सुस्मिता जोशि, कमला रेग्मि, बिन्दु शर्मा लगायतलाई चयन गरिएको छ ।

शुक्रबार सर्वसम्मत सहमती जुटेर इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले बताए । नेपाल विद्यार्थी संघ अछामले स्ववियु निर्वाचन नजिकिदै गर्दा जिल्लाका सबै क्याम्पसमा इकाई कमिटी विस्तार गरी आगामि स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघलाई विजयि बनाउने अभियानमा आफुहरु लागिपरेको अध्यक्ष अध्यक्ष खड्काले बताए । नेपाल बिद्यार्थी सघ अछामले स्ववियु निर्वाचनको पुर्व संध्यामा संगठन बिस्तारलाई पुर्णता दिँदै स्ववियु निर्वाचनको तयारी थालेको छ । 

त्यसैगरी नेपाल विद्यार्थी संघ अछामले त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछाममा आगामि स्ववियू निर्वाचनका लागि दल दर्ता समेत गराएको छ । क्याम्पस प्रमुख टिका प्रसाद तिवारी समक्ष दल दर्ता गराउने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य जयन्द्र स्वाँर, भगवति खनाल, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का क्षेत्रिय सचिव भिम बहादुर कुँवर, नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस सभा क का उपसभापती बिमाल कुँवर, नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का, तरुण विभागका केन्द्रिय सदस्य अनिल कुँवर, तरुण दल अछामका सदस्य गौतम कुँवर, हिरिण्ड खड्का लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ