ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।
सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विश्वासको मतका विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता गरे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया