Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र आरणलगायतका अधिवक्ताले बहस गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका दुई वटा रिट मङ्गलवार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि उनीहरूले गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्चको प्रशासनले दरपिठ गरेको थियो । दरपिठ भएको रिट निवेदन अघिल्लो न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । त्याे इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया