Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २१ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा

सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा

सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा रहेको पाइएको छ । राष्ट्रिय जनगणनाको नतिजामा प्रदेशको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । यसमध्ये तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरिरहेको देखिएको छ ।

प्रदेशबाट विदेशमा बसोबास गर्नेहरूमा महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको छ । विदेश बसोबास गरिरहेका कुल जनसंख्या मध्ये ७४ प्रतिशत पुरुष रहेका छन् । जनगणना २०७८ अनुसार दुई लाख ५५ हजार सात सय ६१ पुरुष र ८७ हजार सात सय ६२ महिलाको विदेशमा बसोबास रहेको देखिएको छ ।

सबैभन्दा बढी शहरी क्षेत्रका व्यक्तिहरूको विदेशमा बसोबास रहेको देखिन्छ । नेपालभरिमा २१ लाख ९० हजार पाँच सय ९२ व्यक्तिको विदेशमा बसोबास रहेको तथ्यांकमा छ । ‘परिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) सबैभन्दा बढी भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् । ती प्रत्येक जिल्लाहरुबाट कम्तिमा ७० हजारभन्दा बढी व्यक्ति  अनुपस्थित देखिएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘यसैगरी परिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) सबैभन्दा कम भएका ५ जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताब रहेका छन् ।’

कैलालीका पाँच प्रतिशत जनसंख्या विदेशमा बसोबास गरिरहेका छन् । कैलालीका ७९ हजार नौ सय ४७ पुरुष र ३० हजार तीन सय ८१ महिला गरि एक लाख १० हजार तीन सय २८ जनसंख्याको विदेशमा बसोबास रहेको छ ।

यस्तै, कञ्चनपुरका ५१ हजार पाँच सय ९६ पुरुष तथा १४ हजार छ सय ३९ महिला गरी ६६ हजार दुई सय ३५, अछामका ३१ हजार ५६ पुरुष तथा १३ हजार एक सय ११ महिला गरि ४४ हजार एक सय ६७ जनाको विदेशमा बसोबास रहेको छ भने डोटीका २३ हजार सात सय ५९ पुरुष तथा चार हजार आठ सय १५ महिला गरि २८ हजार पाँच सय ७४ जनाको बसोबास विदेशमा रहेको छ ।

यस्तै, डडेल्धुराका १२ हजार छ सय ८९ पुरुष तथा दुई हजार आठ सय २९ महिला गरी १५ हजार पाँच सय १८ जना, बैतडीका १८ हजार पाँच सय ८१ पुरुष तथा चार हजार दुई सय ४० महिला गरि २२ हजार आठ सय ८१, दार्चुलाका छ हजार तीन सय ४२ पुरुष तथा एक हजार एक सय छ महिला गरि सात हजार चार सय ४८, बझाङका २२ हजार एक सय ७० पुरुष तथा ११ हजार नौ सय २३ महिला गरि ३४ हजार ९३ र बाजुराका नौ हजार छ सय २१ पुरुष तथा चार हजार सात सय १८ महिला गरि १४ हजार तीन सय ३९ जनाको विदेशमा बसोबास रहेको उल्लेख छ । 

प्रदेशमा शून्य दशमलव चार प्रतिशत अन्य देशका नागरिक

सुदूरपश्चिम प्रदेशमा शून्य दशमलव चार प्रतिशत अन्य देशका नागरिकको बसोबास रहेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशमा भारत, चीन तथा अन्य सार्क देशका शून्य दशमलव चार प्रतिशत नागरिकको बसोबास रहेको उल्लेख छ ।  जनगणना नतिजा अनुसार प्रदेशमा छ हजार चार सय एक भारतीय, चार चिनियाँ, २१ सार्क देश (भारतबाहेक) र ३० अन्य मुलुकका नागरिकको बसोबास रहेको छ ।

प्रतिक्रिया