Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हिन्डनबर्गको रिपोर्टपछि ज्याक डोर्सीले गुमाए ५२ करोड अमेरिकी डलर

हिन्डनबर्गको रिपोर्टपछि ज्याक डोर्सीले गुमाए ५२ करोड अमेरिकी डलर

अमेरिकी लगानीकर्ता समूह हिन्डनबर्ग रिसर्चले पछिल्लोपटक मोबाइल भुक्तानी सेवाप्रदायक ब्लक इङ्कविरुद्ध बिहीबार रिपोर्ट प्रकाशित गरेको छ । 

सहसंस्थापक ज्याक डोर्सी रहेको ब्लकले फेक प्रयोगकर्ताको संख्या देखाएको र विभिन्न जालझेल गरेको रिपोर्ट प्रकाशित गरेपछि यसको सेयर बिहीबार करिब २२ प्रतिशतले घटेको छ ।

हिन्डनबर्गको रिपार्टपछि ज्याक डोर्सीको सम्पत्ति गत मे महिनायता पहिलोपटक एकैदिन ५२ करोड ६० लाख अमेरिकी डलरले घटेको छ । 

ब्लुमबर्गको अर्बपति सूचीअनुसार उनको कुल सम्पत्ति ११ प्रतिशतले घटेर ४.४ अर्ब अमेरिकी डलर पुगेको छ ।

ब्लकले ठगी गर्नेहरूलाई सजिलै खाता खोल्न सक्ने र ठगी गरेको पैसा सजिलै निकाल्न सक्नेजस्ता सुविधा उपलब्ध गराएको आरोप हिन्डनबर्गले लगाएको छ ।

हिन्डनबर्गले यो रिपोर्टका लागि दुई वर्ष अनुसन्धान गरेको र दजर्नाैं पूर्व कर्मचारीहरू र विज्ञहरूसँग अन्तर्वार्ता गरेको जनाएको छ । यसले रिपोर्ट तयार पार्नुअघि नियामक र अदालती कागजातहरूको पनि विश्लेषण गरेको जनाएको छ ।

सन् २००९ मा डार्सीले स्थापना गरेको ब्लकको नाम सन् २०२१ मा फेरिनुअघि स्क्यैर थियो । क्यास एपमार्फत यसले भुक्तानी सेवा प्रदायकका रूपमा सेवा दिन्छ ।

सन् २०२१ मा १०० अर्ब बजार पुँजीकरण पुगेको ब्लकको बजार पुँजीकरण अहिले करिब ३७ अर्ब रहेको छ । यसअघि भारतीय उद्योगपति गौतम अडानीको कम्पनी अडानी ग्रुपविरुद्धको रिपोर्ट सार्वजनिक गरेपछि यो फर्मले विश्वव्यापी चर्चा पाएको थियो ।

त्यसअघि विद्युतीय एवम् हाइड्रोजन सवारी कम्पनी निकोलाविरुद्ध पनि यसले रिपोर्ट सार्वजनिक गरेपछि कम्पनीका तत्कालीन सीईओ ट्रेभर मिल्टन लगानीकर्ताहरूसँग झुटो बोल्दै सेयर बढाएकोमा दोषी ठहर भएका थिए ।

विओन र द भर्जबाट ।

प्रतिक्रिया