Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा करीब टुंगियो, कुन मन्त्रालय कसलाई ?

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा करीब टुंगियो, कुन मन्त्रालय कसलाई ?

सरकार विस्तारमा सत्ता गठबन्धनका दलबीचको भागबन्डा लगभग टुंगो लागेको छ । 

गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा अर्थ, परराष्ट्र, रक्षा‚ कानुन र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । ​यस अघि एमालेले लिएका मन्त्रालय नै कांग्रेसको भागबण्डामा परेका हुन् । 

भौतिकको सट्टामा माओवादीले गृह मन्त्रालय पाएको छ । माओवादीका भागमा सञ्चार, ऊर्जा‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस) ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ । नेकपा एसले यी मन्त्रालयमा वेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ । 

जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । यो मन्त्रालयमा यसअघि जनमतका अब्दुल खान मन्त्री थिए । 

दाबीअनुसार जनमतले उद्योग मन्त्रालय पाएको छ । जनमतले एउटा राज्यमन्त्री पनि पाउँदैछ । 

नागरिक उन्मुक्ति पार्टी युवा तथा खेलकुद र लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।

लोसपाले श्रममा शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ । 

‘मन्त्रालयको भागबन्डाको अहिलेसम्मको सहमति यही हो । अन्तिमसम्म भए पनि कुनै दलको एक वा दुई मन्त्रालय मात्रै हेरफेर हुन सक्छन्’, कांग्रेस निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘यसअघि अनुभव भएकै मन्त्रालय लिएर जाने कुराकानी अनुसार मन्त्रालय बाँडफाँट भएको छ । अब दलले नाम बुझाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री छ ।’

अब यी मन्त्रालयमा दलले नाम पठाएपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्दैछन् ।

राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि १५ फागुनमा एमाले सरकारबाट फिर्ता लिएको थियो । त्यसयताको एक महिनामा १६ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड एक्लैको काँधमा छ । यसैले उनी छिटो सरकार विस्तार गर्नुपर्ने दबाब छन् । 

प्रतिक्रिया