Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विदेश गएको भए फर्केपछि लिन पाइने: माओवादीका अयोग्य लडाकुलाई राहत दिने कार्यविधि

विदेश गएको भए फर्केपछि लिन पाइने: माओवादीका अयोग्य लडाकुलाई राहत दिने कार्यविधि

माओवादीका अयोग्य लडाकूलाई राहत दिन सरकारले कार्यविधि तयार पारेको छ। गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिनेसम्बन्धी कार्यविधि तयार पारेको हो। 

गत चैत ६ गते मन्त्रिरिषदले कार्यविधि बनाउने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले कार्यविधि जारी गर्न चैत २ गते नै सहमति दिएको थियो। 

यस आर्थिक वर्ष २०७९/०८०को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामको लागि भनेर १ अर्ब ४० लाख रुपैयाँ विनियोजन भएको जारी गरिएको कार्यविधिमा उल्लेख छ। 

युनाइटेड नेसन्स मिसन इन नेपाल (अनमिन)को प्रमाणीकरण प्रतिवेदनमा भएका अयोग्य लडाकुको नाम, उपनाम तथा अन्य विवरण र बहिर्गमित जनमुक्ति सेना नेपालले उपलब्ध गराएको विवरणलाई संयुक्त रूपमा जिल्लाअनुसार छुट्याएर जिल्ला प्रशासन कार्यालयमा पठाउने भनिएको छ।

ती विवरण लिएर स्वघोषणा, सिफारिस पत्र र नागरिकता प्रमाण पत्रअनुसार लडाकुको नाम, थर, ठेगाना समेतका आधारमा अयोग्य लडाकु हो भनेर पछिसम्म फरक नपर्ने गरी प्रशासनले मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ। यस प्रक्रियाको सहजीकरणका लागि बर्हिर्गमित जनमुक्ति सेनाको प्रतिनिधिसमेत रहेको कार्यदल समेत गठन गर्न सकिने कार्यविधिमा उल्लेख छ।

अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ। प्रशासन कार्यालयमार्फत् नै उक्त रकम अयोग्य लडाकुलाई उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। 

मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा कानुनबमोजिम नजिकको हकदारलाई दिने र नेपालमा नभएका लडाकुले पनि नेपाल आएपछि लिन सकिने भनिएको छ। 

राहत वितरण गर्दा भने नागरिकता प्रमाण पत्र जारी भएकै प्रशासन कार्यालयले प्रक्रिया पूरा गर्ने भनिएको छ। बसोबास फरक रहेको अवस्थामा भने दुई प्रशासन कार्यालयले समन्वय गरी निरूपण गर्ने कार्यविधिन्मा उल्लेख छ। 

प्रतिक्रिया