Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम खारेज हुन्न, सक्छौ भने दुई तिहाइ ल्याएर संशोधन गर : ओली

सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम खारेज हुन्न,  सक्छौ भने दुई तिहाइ ल्याएर संशोधन गर : ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताएका छन् ।

तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ ओलीले भने ।

प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए । सोही कार्यक्रममा बोल्दै ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे ।

कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उनको दाबी थियो ।

‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन,’ उनले भने । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए ।

उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।

आठराईमा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानीको शिलान्यास कार्यक्रममा पनि प्रमुख अतिथिको आसनबाट बोलिरहँदा आन्दोलनकारी भने पृष्ठभूमिमा ‘केपी ओली मुर्दावाद, सुवाष नेम्वाङ मुर्दावाद’ भन्दै नारा लगाइरहेका थिए ।

एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन्।

शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न पुगेका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओली मुर्दाबावाद भन्दै अवरोध सिर्जना गर्न खोजेका थिए ।

विरोधका बाबजुद ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराई गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरे ।

ओली खानेपानी आयोजना शिलान्यास स्थल आइपुग्नु पूर्वदेखि नै कालो झन्डा देखाउँदै नाराबाजी गरिरहेका पहिचान पक्षधरको प्रतिरोधमा एमालेका कार्यकर्ताले नारा लगाउन थालेपछि व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

विरोधसभाको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले एमाले, कांग्रेस र माओवादीले जबर्जस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रेको बताए । पहिचान पक्षधरको आन्दोलन कुनै दल विशेष नभएको पनि लिङ्देनले स्पष्ट पारे ।

पहिचानवादीले ओलीसँगै रहेका एमाले उपाध्यक्ष तथा सुवाष नेम्वाङविरुद्व ‘वंश गद्दार सुवाष नेम्वाङ मुर्दावाद’ भन्दै नारा लगाएका थिए । पहिचान पक्षधरहरुले ओली पाँचथर सदरमुकाम फिदिम आइपुग्दा मसाल जुलुस निकालेर विरोध जनाएका छन् । जुलुसमा सैयौंको उपस्थिति थियो ।

ओली पार्टीको कार्यक्रममा सम्बोधन गरिरहँदा पहिचान पक्षधरहरुले सदरमुकामका विभिन्न स्थानमा छरिएर उनको विरोध गरिरहेका छन् । आजै झापा फर्किने तयारीमा रहेका ओलीलाई आज पनि कालो झन्डा देखाइने प्रदेश १ पुनः नामकरण संघर्ष समितिका मधु केरुङले जनाए ।

प्रतिक्रिया

ट्रेन्डिङ