Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी रहेको बताएका छन । आर्थीक बर्ष २०७९/०८० को बार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले पालिकाको समग्र विकासका लागी कसै एक जनाको प्रयासले सम्भव नभएर सम्पुर्ण जनप्रतीनिधि, कर्मचारी र आम जनताले हातेमालो गर्दै लाग्नु पर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले व्यक्त्तिगत रिसिबी अथवा फरक पार्टी भएकै कारणले लागी बिरोध नगर्न सबैमा आग्रह समेत गरेका छन । सकिन्छ आ आफ्नो ठाउँबाट गाउँपालिकाको सम्बृद्धिमा हातेमालो गरौं सकिदैन बिना कारण र प्रमाण बिना कसको व्यत्तिगत जिवनमाथी आछेप लाग्ने टिप्पणिहरु सामाजिक सन्जाल मा नगर्न समेत अध्यक्ष साउँदले अनुरोध गरेका छन । 

चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत धन बहादुर थापाले आ ब २०७९/०८० को कुल बजेट ४६ करोड ८७ लाख १८ हजार ३ सय सत्तरी रुपैयाँ उनान्सत्तरी पैसा को प्रतिबेदन पेस गरेर बाचन गरेका थिए भने सम्पूर्ण शाखाका शाखा प्रमुख ज्युहरुले आ आफ्नो शाखाको बार्षिक बजेटको प्रतिवेदन वाचन गरी सार्वजनिक गरेका थिए ।

गाउँपालिका अध्यक्षको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा अतिथी गाउँपालिका उपाध्यक्ष सर देवी खड्का लगाएत सम्पुर्ण कार्यपालिका सदस्य, गाउँसभाका सदस्य, सुरक्षाकर्मी पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन चौरपाटी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम चन्द्र जोशिले गरेका थिए । 

प्रतिक्रिया

ट्रेन्डिङ