Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी रहेको बताएका छन । आर्थीक बर्ष २०७९/०८० को बार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले पालिकाको समग्र विकासका लागी कसै एक जनाको प्रयासले सम्भव नभएर सम्पुर्ण जनप्रतीनिधि, कर्मचारी र आम जनताले हातेमालो गर्दै लाग्नु पर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले व्यक्त्तिगत रिसिबी अथवा फरक पार्टी भएकै कारणले लागी बिरोध नगर्न सबैमा आग्रह समेत गरेका छन । सकिन्छ आ आफ्नो ठाउँबाट गाउँपालिकाको सम्बृद्धिमा हातेमालो गरौं सकिदैन बिना कारण र प्रमाण बिना कसको व्यत्तिगत जिवनमाथी आछेप लाग्ने टिप्पणिहरु सामाजिक सन्जाल मा नगर्न समेत अध्यक्ष साउँदले अनुरोध गरेका छन । 

चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत धन बहादुर थापाले आ ब २०७९/०८० को कुल बजेट ४६ करोड ८७ लाख १८ हजार ३ सय सत्तरी रुपैयाँ उनान्सत्तरी पैसा को प्रतिबेदन पेस गरेर बाचन गरेका थिए भने सम्पूर्ण शाखाका शाखा प्रमुख ज्युहरुले आ आफ्नो शाखाको बार्षिक बजेटको प्रतिवेदन वाचन गरी सार्वजनिक गरेका थिए ।

गाउँपालिका अध्यक्षको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा अतिथी गाउँपालिका उपाध्यक्ष सर देवी खड्का लगाएत सम्पुर्ण कार्यपालिका सदस्य, गाउँसभाका सदस्य, सुरक्षाकर्मी पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन चौरपाटी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम चन्द्र जोशिले गरेका थिए । 

प्रतिक्रिया