Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आगामी बजेटमा बयालपाटा अस्पताललाई समेट्न प्रदेशसभा सदस्य खड्काको माग

आगामी बजेटमा बयालपाटा अस्पताललाई समेट्न प्रदेशसभा सदस्य खड्काको माग

सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।

उनले तीन वटा जिल्लाका जनताले सेवा पाइरहेको बयालपाटा अस्पतालका लागि बजेट छुट्याउनु पर्ने माग गरे । विदेशी लगानीबाट सञ्चालनमा रहेको अस्पतालका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘गत वर्षको नीति तथा कार्यक्रममा समेटिएको बयालपाटा हस्पिटल । मैले यो भन्दा अगाडि पनि बोलेको थिए । विदेशीले करोडौँ लगानी गरेको हस्पिटलबाट त्यहाँ तीन वटा जिल्लाले सेवा पाइरहेको छ । त्यसलाई अबका बजेटमा समेटिदिनका लागि अनुरोध गर्दछु ।’

यस्तै पहाडी जिल्लाका भूकम्प पीडितका समस्या पनि बजेटमा समेटिनु पर्ने उनले बताए । यस्तै अछामको बुढीगंगा नदीले सयौँ बिघा जग्गा बगाएको बताउँदै उनले त्यसको दिगो नियन्त्रणमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले साँफेको विमानस्थल र चार धाममध्येको एक वैद्यनाथ धाम पनि नदीका कारण जोखिममा रहेको भन्दै बजेट छुट्याइदिन माग गरे । यस्तै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको प्रदेशसभा सदस्य खड्काले बताए ।

प्रतिक्रिया