ताजा अपडेट
नगर प्रमुख र डिभिजन प्रमुख द्वारा योजनाको स्तलगत अनुगमन
साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले साँफेबगर नगरपालिका १ मा निर्माणाधीन बुढिगंगा नदि नियन्त्रण RCC पक्की तटबन्धन योजनाको मंगलबार अनुगमन गर्नु भएको छ ।
नगर प्रमुख कुँवर र डिभिजन कार्यालय प्रमुख रेग्मीले योजनाको गुणस्तरीयता र अवस्थाको बारेमा जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित नगर प्रमुख कुँवरको नेतृत्वमा निर्माणाधीन योजनाको गुणस्तर भए नभएको बारेमा अनुगमन गरिएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत सञ्चालित ५० लाख कुल लागत रहेको योजना जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मार्फत संचालित योजना हो ।
अनुगमन पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले केही निर्माणाधीन योजनाको अनुगमन यस भन्दा पहिले पनि पटक पटक हुँदै आएको र काम सन्तोषजनक भएको बताउनुभएको छ । अनुगमनमा सहभागी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले निमार्णाधिन योजनाको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
अनुगमनमा नगर प्रमुख सहित सहित प्राविधिक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र प्रत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया