Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

वडाध्यक्षमाथि हेलमेट प्रहार, नाकको डाँडी भाँचियो

वडाध्यक्षमाथि हेलमेट प्रहार, नाकको डाँडी भाँचियो

कचनकवलका गाउँपालिका-३ का वडा अध्यक्ष ग्यास अजमल मियालाई कुटपिट गरिएको छ।

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल गएका वडा अध्यक्ष मियामाथि बिहीबार बिहान अस्पताल गेटसँगै टाँसिएको मुख्य सडकमा कुटपिट भएको हो।

वडा अध्यक्ष मियालाई मेचीनगर नगरपालिका-६ निवासी ३६ वर्षीय विजय पनेरुले हेलमेट प्रहार गरी कुटपिट गरेको बताइएको छ।

वडा अध्यक्ष मिया श्रीमतीसहित आफ्नो कारभित्र बसिरहेको बेला पनेरुले अन्धाधुन्ध हेलमेट प्रहार गरेको थिए । प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको बेला सडकमा लडेका थिए।

त्यही निहुँमा उनले कारभित्र रहेका वडा अध्यक्ष मियामाथि सांघतिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिटबाट वडा अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाभए लगतै कुटपिटमा संलग्न पनेरु मोटरसाइकल चढेर भाग्न खोज्दा स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको छ। यता पीडितले दोषीलाई कडा कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएका छन्।

प्रतिक्रिया