Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीको मालिका मा.वि.को प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत

बैतडीको मालिका मा.वि.को प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत

बैतडी : बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा. नं. ४ मा अवस्थित उक्त मा.वि. को प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा बिहीबार नियुक्त गर्ने निर्णय गरिएको हो । 

केही दिन अगाडी मात्रै उक्त विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण)मा जानुभएको हुँदा सोही विद्यालयमा नि.मा.वि. राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक हरिचन्द्र भट्टलाई प्रधानाध्यापकमा नियुक्त  गरिएको छ ।  वि.सं २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले यस अघि छ जना प्रधानाध्यापक पाई सकेको छ भने हरिचन्द्र भट्ट सातौँ प्रधानाध्यापकको रूपमा जिम्मेवारी ग्रहण गर्नु भएको छ । 

मालिका मा.वि व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टको अध्यक्षतामा बसेको बैठकमा पुर्चौडी नगरपालिका वडा नं. ४ का अध्यक्ष दिल बहादुर धानुक (विकास) तथा वडा सदस्यहरू, वडा नं. ३ का वडा अध्यक्ष एवं मालिका माविका पूर्व शिक्षक खगेन्द्र बोहरा तथा वडा सदस्यहरू, विद्यालयका अन्य शिक्षक, शिक्षिका तथा कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, अभिभावक, विद्यार्थिहरु, पूर्व विद्यार्थिहरु लगायत विद्यालय सँग सरोकार राख्ने सम्बन्धित सबैको उपस्थिति र सर्वसम्मतिमा भट्टलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरिएको हो । 

प्रधानाध्यापक भट्ट २०६०/०९/१ गते देखी शिक्षा क्षेत्रमा कार्यरत रहनुभएको छ । शैक्षिक क्षेत्रमा सुरुवात भने भट्टले २०६० देखी २०६३ भदौ ५ गते सम्म सोही वडाको पहरौल मावि बागा, भटनामा निजी स्रोत शिक्षकका रूपमा प्रवेश गर्नु भएको थियो । २०६५ साउन ३१ गते देखी नि.मा.वि राहत कोटामा मालिका मावि भटनामा कार्यरत भट्टले २०६३ ज्येष्ठ २३ देखी २०६३ असार २३ गते सम्मको एक महिने अवधिमा, एक महिने प्र.अ. व्यवस्थापन तालिम समेत लिई सक्नुभएको थियो । भने उहाँले बि.एड मा.बि लाइसेन्स पनि प्राप्त गरिसक्नु भएको छ । 

यस्तै, भट्टले सर्वसम्मत रूपमा प्रधानाध्यापक जिम्मेवारी प्रदान गर्न सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद ज्ञापन गर्नु भएको छ । भने मालिका मा.वि. को शैक्षिक सुधारका निम्ति सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक-शिक्षिका लगायत सम्बन्धित सबैमा आ-आफ्नो क्षेत्रबाट आवश्यक, सकारात्मक सुझाव, सल्लाह एवं सहयोग गर्न आह्वान गर्नु भएको छ ।  त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टले प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नु भएका हरिचन्द्र भट्टलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष गरी वडा.नं ३ र ४ का वडा अध्यक्षहरू शिक्षक, कर्मचारी, अभिभावक शुभेच्छुक सम्पूर्ण शिक्षा प्रेमीहरूलाई धन्यवाद दिँदै मालिका मा.वि को समग्र विकासका निम्ति सहयोग गर्न आह्वान गर्दै शैक्षिक सुधारमा प्रधानाध्यापकले चाल्ने हरेक कदममा पूर्ण रूपमा साथ समर्थन गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

त्यसै गरी कार्यक्रममा उपस्थित वडा नं. ३ का अध्यक्ष बोहरा र वडा नं. ४ का वडा अध्यक्ष धानुकले उक्त विद्यालय दुइटै वडा सँग जोडिएको र ठुलो भूगोलका विद्यार्थीहरूलाई ज्ञानको ज्योति प्रदान गरिरहेको उल्लेख गर्दै आ-आफ्नो वडा कार्यपालिकाबाट हुने सम्पूर्ण सहयोग समर्थन रहने प्रतिबद्धता गदै नव नियुक्त प्रधानाध्यापक हरिचन्द्र भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ