Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाजुरा र दार्चुलामा च्याङग्रा पालनका लागी १ करोड २० लाख विनियोजन

बाजुरा र दार्चुलामा च्याङग्रा पालनका लागी १ करोड २० लाख विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ । बजेटमा बाजुरा र दार्चुलामा च्याङ्ग्रापालनका लागी १ करोड २० लाख बिनियोजन गरिएको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै २९ अर्व २६ करोड ५९ लाख ३२ हजार विनियोजन गरेको जानकारी दिएका छन ।

शाहीले चालु खर्चतर्फ कुल विनियोजित बजेटको नौ अर्व ५९ करोड ६० लाख दुई हजा र पुँजीगत खर्चतर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजारविनियोजन गरिएको बताए । 

मन्त्री शाहीले अन्तर सरकारतर्फ दुई अर्व ३४ करोड ७५ लाख ७० र वित्तिय ३० करोड विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट १अर्ब५०,संघीय सरकारबाटरकम ९ अर्ब ४१ करोड १७ लाख,संघीय रोयल्टीबाटछ करोड ५६ लाख,  वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको आठ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको वजेटबाट बचत हुने विनियोजन तीन अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट चार अर्व ५१ करोड १६ लाख, संघिय समपुरक अनुदानबाट ७७ करोड, विशेष अनुदानबाट ६२ करोड अनुमान गरिएको मन्त्री शाहीले जानकारी दिए ।

मन्त्री शाहले स्थानीय तहलाई समानिकरण ८० करोड ६१ लाख ३५ हजार, ससर्ततर्फ ३९ करोड ४३ लाख ५० हजार, संचित कोषमा २९ करोड ७९ लाख ४६ हजार, समपुरक ६३ करोड ८९ लाख ८५ हजार र विशेषतर्फ ४० करोड ८१ लाख रकम विनियोजन गरेको बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ