ताजा अपडेट
बाजुरा र दार्चुलामा च्याङग्रा पालनका लागी १ करोड २० लाख विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ । बजेटमा बाजुरा र दार्चुलामा च्याङ्ग्रापालनका लागी १ करोड २० लाख बिनियोजन गरिएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै २९ अर्व २६ करोड ५९ लाख ३२ हजार विनियोजन गरेको जानकारी दिएका छन ।
शाहीले चालु खर्चतर्फ कुल विनियोजित बजेटको नौ अर्व ५९ करोड ६० लाख दुई हजा र पुँजीगत खर्चतर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजारविनियोजन गरिएको बताए ।
मन्त्री शाहीले अन्तर सरकारतर्फ दुई अर्व ३४ करोड ७५ लाख ७० र वित्तिय ३० करोड विनियोजन गरेको बताए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट १अर्ब५०,संघीय सरकारबाटरकम ९ अर्ब ४१ करोड १७ लाख,संघीय रोयल्टीबाटछ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको आठ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको वजेटबाट बचत हुने विनियोजन तीन अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट चार अर्व ५१ करोड १६ लाख, संघिय समपुरक अनुदानबाट ७७ करोड, विशेष अनुदानबाट ६२ करोड अनुमान गरिएको मन्त्री शाहीले जानकारी दिए ।
मन्त्री शाहले स्थानीय तहलाई समानिकरण ८० करोड ६१ लाख ३५ हजार, ससर्ततर्फ ३९ करोड ४३ लाख ५० हजार, संचित कोषमा २९ करोड ७९ लाख ४६ हजार, समपुरक ६३ करोड ८९ लाख ८५ हजार र विशेषतर्फ ४० करोड ८१ लाख रकम विनियोजन गरेको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया