Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पताललाई प्रदेस सरकारबाट ९ करोड विनियोजन

बयालपाटा अस्पताललाई प्रदेस सरकारबाट ९ करोड विनियोजन

आर्थिक बर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेस सरकारबाट ९ करोड विनियोजन गरीएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले प्रस्तुत गरेको बजेटको पुर्णपाठमा नसमेटिए पनि बयालपाटा अस्पताललाई रकम विनियोजन गरीएको सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । विशेष स्रोतका अनुसार बयालपाटा अस्पताललाई प्रदेस सरकारले गत बर्ष जतिकै ९ करोड को बजेट विनियोजन गरेको पाईएको छ ।

शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु संग आ.ब. २०८०/०८१ को बजेट छोटो र प्रष्ट होस भनेर आफुहरुले यो पटकको बजेटको पुर्णपाठमा प्रत्यक कुरा नसमेटेको तर बजेट भने हरेक क्षेत्रमा विनियोजन गरीएको समेत प्रष्ट पारेका छन् ।

२०६५ सालमा न्याय हेल्थ नेपालले स्थापना गरेको यस अस्पतालले अहिलेसम्म १२ लाख २० हजार भन्दा धेरै बिरामीको निःशुल्क उपचार गरेको छ । जसमा अस्पतालले सबैभन्दा बढी १० लाख १५ हजार जनाले ओ.पि.डि सेवा १ लाख ५० हजार जनालाई आकस्मिक र ७० हजार चार सय ७९ जनालाई अपरेशन सेवा दिएको छ । २५ प्रकारका सेवा दिँदै आएको यो अस्पतालले आन्द्रा, हड्डी र मुटु सम्बन्धी अप्रेसन गर्ने गरेको अस्पतालले जनाएको छ । 

यहाँ उपलब्ध कुनैपनि उपचार सेवामा शुल्क लाग्दैन् । यो अस्पतालमा भर्ना हुने बिरामीको उपचार बापत लाग्ने सबै खर्च अस्पतालले व्यवहोर्ने गरेको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए । ‘नाम दर्तादेखि औषधि र अन्य कुनैपनि सेवामा शुल्क लाग्दैन्,’ उनले भने,‘पन्ध्र वर्षदेखि निःशुल्क उपचार सेवा दिइरहेका छौं । ’ निःशुल्क र उच्च स्तरको भरपर्दो सेवा पाइने भएका कारण अस्पतालमा सुदूरपश्चिम प्रदेस र कर्णालि प्रदेसका २१ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गरेको उनले बताए । सबैभन्दा बढी अछाम, दैलेख, मुगु, हुम्ला, कालिकोट, दार्चुला, बझाङ, डोटी, कैलाली र बाजुरा जिल्लाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । 

नेपाल सरकारसँगको साझेदारीमा सेवा दिँदै आएको बयालपाटा अस्पतालमा हाल ५० शैया रहेका छन् । यहाँ हरेक दिन कम्तिमा दुईसय बढी बिरामीहरु सेवा लिन आउने गरेका छन् । अत्याधुनिक तरीकाबाट माटोको नयाँ भवनहरु रहेको अस्पतालले कोरोना महामारी पछि आर्थिक संकट झेल्दै आईरहेको छ ।

अन्तराष्ट्रिय अनुदानमा ह्रास आएपछि विगत ३ ४ बर्षदेखि बयालपाटा अस्पतालले आर्थिक समस्या खेपिरहेको छ ।
 

प्रतिक्रिया