ताजा अपडेट
साँफेबगरमा ५६ जनालाई अपाङ्गता परिचयपत्र बितरण
साँफेबगर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शिबिरमा ५६ जना अपागता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गरिएको हो ।
शिबिरमा ३ जना क बर्ग,१२ जना ख बर्ग, २१ जना ग बर्ग र २० जना घ बर्गका अपागता परिचयपत्र बितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले जानकारी दिनु भयो । सरकारले क र ख बर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।
सरकारले मासिक क बर्गलाई ३ हजार ९ सय ९० र ख बर्गलाई २ हजार १ सय २८ उपलब्ध गराउदै आएको छ । नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजको अध्यक्षतामा भएको शिबिर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो ।
नगर प्रमुख कुँवरले ग र घ बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरबाट दिन सकिने सेवा सुबिधाको बारेमा आफुहरु लागी परेको बताउनु भयो । उहाँले सेवा सुबिधाबाट बञ्चित रहेकाहरुलाई आफुले सकेसम्म समेटेर लैजाने प्रतिबद्धता जनाउनु भयो महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शिबिर सम्पन्न भएको हो
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया