Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सु.प. प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भट्ट सहितको टोलिले गर्यो योजनाको स्थलगत अनुगमन

सु.प. प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भट्ट सहितको टोलिले गर्यो योजनाको स्थलगत अनुगमन

सुदुरपश्चिम प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्ट, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मी, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्र बोगटी, खानेपानि तथा सरसफाई फिल्ड कार्यालय अछामका प्रमुख सुरेश कुमार शाहले साँफेबगर नगरपालिकामा निर्माणाधीन विभिन्न योजनाको आईतबार स्थलगत अनुगमन गर्नु भएको छ । 

प्रदेस र जिल्लाको टोलिले बुढिगंगा नदिमा निर्माणाधिन विभिन्न तटबन्धन योजनाहरु, बैद्यनाथ क्षेत्रमा निर्माण भईरहेको पक्कि तटबन्धन, विभिन्न सिचाँई योजनाहरु, विभिन्न सडकका योजनाहरु, खानेपानि योजनाहरु लगायत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका अन्य योजनाहरुको गुणस्तरीयता र अवस्थाको बारेमा जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित विभिन्न निर्माणाधीन  योजनाको गुणस्तर भए नभएका बारेमा स्थलगत अनुगमन गरीएको हो । 

उक्त टोलिले योजनाहरुको स्तलगत अनुगमन, निरीक्षण र आवश्यक निर्देशन समेत दिएको छ । अनुगमन पछि कुराकानी गर्दै सचिव भट्टले केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भएको बताउनुभएको छ । अनुगमनमा सहभागी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले निमार्णाधिन योजनाको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । अनुगमनको क्रममा नगर प्रमुख कुँवरले योजनाको गुणस्तरका बिषयमा कुनै किसिमको सम्झौता गर्न नसकिने र गुणस्तरहिन सम्पन्न योजनाहरु बिल भरपाईमा समेत रोक लगाउन सकिने भन्दै उपभोक्ता समितिका पदाधिकारी र निर्माण व्यवसायीलाई सचेत गराउनु भएको छ ।

अनुगमनमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्र बोगटी, खानेपानि तथा सरसफाई फिल्ड कार्यालय अछामका प्रमुख सुरेश कुमार शाह सहित प्राविधिक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र प्रत्रकारहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया