Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सु.प. प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भट्ट सहितको टोलिले गर्यो योजनाको स्थलगत अनुगमन

सु.प. प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भट्ट सहितको टोलिले गर्यो योजनाको स्थलगत अनुगमन

सुदुरपश्चिम प्रदेसको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्ट, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मी, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्र बोगटी, खानेपानि तथा सरसफाई फिल्ड कार्यालय अछामका प्रमुख सुरेश कुमार शाहले साँफेबगर नगरपालिकामा निर्माणाधीन विभिन्न योजनाको आईतबार स्थलगत अनुगमन गर्नु भएको छ । 

प्रदेस र जिल्लाको टोलिले बुढिगंगा नदिमा निर्माणाधिन विभिन्न तटबन्धन योजनाहरु, बैद्यनाथ क्षेत्रमा निर्माण भईरहेको पक्कि तटबन्धन, विभिन्न सिचाँई योजनाहरु, विभिन्न सडकका योजनाहरु, खानेपानि योजनाहरु लगायत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका अन्य योजनाहरुको गुणस्तरीयता र अवस्थाको बारेमा जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित विभिन्न निर्माणाधीन  योजनाको गुणस्तर भए नभएका बारेमा स्थलगत अनुगमन गरीएको हो । 

उक्त टोलिले योजनाहरुको स्तलगत अनुगमन, निरीक्षण र आवश्यक निर्देशन समेत दिएको छ । अनुगमन पछि कुराकानी गर्दै सचिव भट्टले केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भएको बताउनुभएको छ । अनुगमनमा सहभागी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले निमार्णाधिन योजनाको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । अनुगमनको क्रममा नगर प्रमुख कुँवरले योजनाको गुणस्तरका बिषयमा कुनै किसिमको सम्झौता गर्न नसकिने र गुणस्तरहिन सम्पन्न योजनाहरु बिल भरपाईमा समेत रोक लगाउन सकिने भन्दै उपभोक्ता समितिका पदाधिकारी र निर्माण व्यवसायीलाई सचेत गराउनु भएको छ ।

अनुगमनमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, पुर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्र बोगटी, खानेपानि तथा सरसफाई फिल्ड कार्यालय अछामका प्रमुख सुरेश कुमार शाह सहित प्राविधिक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र प्रत्रकारहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया