Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेविसंघको ज्ञापन पत्र

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेविसंघको ज्ञापन पत्र

विद्युतकाे समस्या समाधान गर्न धनगढी प्राधिकरणलाई नेपाल विद्यार्थी संघ कैलालीले ज्ञापनपत्र बुझाएको छ । संघले उक्त समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुखलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्युत प्राधिकरणले देशभरी लोडसेडिङ हटाईएको उद्घोष गरेको धेरै समय भैसकेको भएपनि अहिले धनगढीमा दैनिक रुपमा पटक-पटक विद्युत कटौती भईरहेकाले विद्यार्थी एवं जनमानसमा नकारात्मक असर परिरहेको नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुँवरले बताए ।

धनगढीमा गर्मी बढे सँगै त्रिभुवन विश्वविद्यालय एवं सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न तहका परिक्षाहरु सञ्चालन भईरहेका र हुन गईरहेकाले विद्यार्थीहरुलाई पठनपाठनमा पनि असहज परिस्थितिको सिर्जना भएको र विद्यार्थीहरु आक्रान्त अवस्थामा रहेकाले यथाशीघ्र पटक-पटक विद्युत आउने जाने समस्यालाई समाधान गरि नियमित रुपमा विद्युत आपूर्ति गराईदिनहुन विद्धुत प्राधिकरण सँग आफूहरूले माग राखेको उनले बताए ।

प्रतिक्रिया