Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सडकमा पोखिएको किसानको आँसु

सडकमा पोखिएको किसानको आँसु

संघीय राजधानीको कालीमाटीमा मुलुककै सबै भन्दा ठूलो तरकारी बजार छ।

जहाँ देशभरबाट तरकारी संकलन हुन्छ र काठमाडौँ उपत्यकाभर बिक्री वितरणका लागि लगिन्छ। यो त्यही ठाउँ हो जहाँ तरकारीसँग जोडिएका विविध घटना भइरहन्छन्।

कहिले किसानको रोष सडकमा पोखिन्छ। कहिले तरकारी व्यवसायीबीचको झगडाले प्रशासनलाई तनाव दिन्छ। अनि कहिलेचाहिँ व्यवसायी र प्रशासनबीचको खटपटले यो बजार चर्चामा आउने गर्छ। जे होस्, वर्षमा कम्तीमा पनि २–३ वटा चर्चायोग्य घटना हुन्छन्। यस्ता चर्चा हुन्छन् र तत्काल सेलाउँछन्। यो सहरको विशेषता नै यही हो।

आइतबार फेरि कालीमाटी तरकारी बजार चर्चामा आयो। आफ्नो उत्पादन गोलभेडाको उचित मूल्य नपाएको भन्दै किसानले १ करोड रुपियाँ भन्दा बढी मूल्यको करिब ४ लाख किलोग्राम गोलभेडा सडक र बजार परिसरमै फ्याँकेपछि यो दृश्यले सञ्चार माध्यम मात्र नभई सबैको मन खिचेको हो।

यसरी पोखिएको चिजलाई सहज आँखाले हेर्दा गोलभेडा मात्र देखिए पनि खासमा यी प्रत्येक गोलभेडाका दानाभित्र किसानको मेहनत, श्रम र पसिना भरिएको छ। यसर्थ यो गोलभेडा हैन, उनीहरूको रोदन पोखिएको हो।

प्रतिक्रिया