Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

चौरपाटीको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित

चौरपाटीको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित

चौरपाटी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । आज सम्पन्न गाउँपालिकाको गाउँसभाले  ४७ करोड २७ लाख ८३ हजार बजेट पारित गरेको हो । गाउँपालिकाकाले सभा समक्ष असार सात गते निति तथा कार्यक्रम र बजेट पेश गरेको थियो । लगातार तिन दिनसम्म भएको छलफलपछि आज निति तथा कार्यक्रम र बजेट पारित भएको हो । बिहिबार कार्यपालिका सदस्य भरतबहादुर बिकले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नू भएको थियो । 

सभाले विनियोजन विधेयक २०८० र आर्थिक विधेयक  २०८० पनि संशोधन सहित पारित गरेको छ । गाउँपालिकाले आउदो आर्थिक वर्षका लागी संघीय सरकारको वित्तिय समानिकरणबाट ९ करोड १० लाख,प्रदेशबाट ७२ लाख ५४ हजार,राजश्व बाँडफाँड संघबाट १० करोड ३२ लाख ४४ हजार र प्रदेशबाट २९ लाख ३५ हजार रुपैंया प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै शसर्त अनुदान संघबाट २३ करोड २१ लाख र प्रदेशबाट ५२ लाख ५० हजार ,विषेश अनुदान संघबाट ६० लाख,समपुरक अनुदान संघबाट ५० लाख र आन्तरिक आयबाट १ करोड ३० लाख रुपैंया संकलन हुने अनुमान गरेको छ ।

पालिकाले निति तथा कार्यक्रममा मुख्यतः स्थानिय उत्पादनलाई जोड दिने, रैथाने बाली संरक्षण उत्पादनलाई प्राथमिकता दिएको छ । त्यस्तै निति तथा कार्यक्रममा विदेश हैन विजनेस सहित युवा उद्यमशिलता,गुणस्तर शिक्षा, संस्कृतिको संरक्षण एवम् प्रबद्र्धन,लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्यको क्षेत्रमा उपचार सहित निशुल्क एम्बुलेन्सको सेवा, सुचना मैत्री गाउँपालिकाको अवधारणा, सुशासन र सार्वजनिक सेवा प्रवाह, वातावरण, जलवायु परिर्वतन तथा बिपद् व्यवस्थापन, भौतिक पुर्वाधार विकास, राजश्व तथा आन्तरिक श्रोत परिचालन लगाएतका बिषयलाई समेटिएको छ ।

प्रतिक्रिया