ताजा अपडेट
चौरपाटीको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित
चौरपाटी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । आज सम्पन्न गाउँपालिकाको गाउँसभाले ४७ करोड २७ लाख ८३ हजार बजेट पारित गरेको हो । गाउँपालिकाकाले सभा समक्ष असार सात गते निति तथा कार्यक्रम र बजेट पेश गरेको थियो । लगातार तिन दिनसम्म भएको छलफलपछि आज निति तथा कार्यक्रम र बजेट पारित भएको हो । बिहिबार कार्यपालिका सदस्य भरतबहादुर बिकले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नू भएको थियो ।
सभाले विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पनि संशोधन सहित पारित गरेको छ । गाउँपालिकाले आउदो आर्थिक वर्षका लागी संघीय सरकारको वित्तिय समानिकरणबाट ९ करोड १० लाख,प्रदेशबाट ७२ लाख ५४ हजार,राजश्व बाँडफाँड संघबाट १० करोड ३२ लाख ४४ हजार र प्रदेशबाट २९ लाख ३५ हजार रुपैंया प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै शसर्त अनुदान संघबाट २३ करोड २१ लाख र प्रदेशबाट ५२ लाख ५० हजार ,विषेश अनुदान संघबाट ६० लाख,समपुरक अनुदान संघबाट ५० लाख र आन्तरिक आयबाट १ करोड ३० लाख रुपैंया संकलन हुने अनुमान गरेको छ ।
पालिकाले निति तथा कार्यक्रममा मुख्यतः स्थानिय उत्पादनलाई जोड दिने, रैथाने बाली संरक्षण उत्पादनलाई प्राथमिकता दिएको छ । त्यस्तै निति तथा कार्यक्रममा विदेश हैन विजनेस सहित युवा उद्यमशिलता,गुणस्तर शिक्षा, संस्कृतिको संरक्षण एवम् प्रबद्र्धन,लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्यको क्षेत्रमा उपचार सहित निशुल्क एम्बुलेन्सको सेवा, सुचना मैत्री गाउँपालिकाको अवधारणा, सुशासन र सार्वजनिक सेवा प्रवाह, वातावरण, जलवायु परिर्वतन तथा बिपद् व्यवस्थापन, भौतिक पुर्वाधार विकास, राजश्व तथा आन्तरिक श्रोत परिचालन लगाएतका बिषयलाई समेटिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया