Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

चौरपाटि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

चौरपाटि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अछामको चौरपाटि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।गाउँपालिकामा ५ बर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुले खोप पाप्त गरेकाले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। कार्यक्रमको समापन गर्दै गाउँपालिका खोप समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले चौरपाटि गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख खेम बोगटीले बताउनुभयो। पालिकाका ७ वडाबाट १६ देखि ५९ महिनाका सबै बालबालिकाहरूको नामावली सङ्कलन गरी १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको यकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य सकिएको स्वास्थ्य शाखा प्रमुख बोगटीले जानकारी दिए । खोप उमेर समूहका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका र स्वास्थ्यकर्मीले निरन्तर पहल गरिरहेका छन् । पालिकाभित्र १ प्राथामिक स्वास्थ्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी १ आधारभुत स्वास्थ्य केन्द्र र ४ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। यस पालिकाभित्र हाल ७ वटा वडा छन्। गाउँपालिका खोप समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भिम बहादुर साउदको अध्यक्षता भएको कार्यक्रममा चौरपाटि गाउँपालिका उपाध्यक्ष सर देबि खड्का , प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा,७ वटै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका रेबन्त बोहराले गर्नुभएको थियो ।

 

प्रतिक्रिया