Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

चौरपाटि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अछामको चौरपाटि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।गाउँपालिकामा ५ बर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुले खोप पाप्त गरेकाले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। कार्यक्रमको समापन गर्दै गाउँपालिका खोप समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले चौरपाटि गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख खेम बोगटीले बताउनुभयो। पालिकाका ७ वडाबाट १६ देखि ५९ महिनाका सबै बालबालिकाहरूको नामावली सङ्कलन गरी १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको यकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य सकिएको स्वास्थ्य शाखा प्रमुख बोगटीले जानकारी दिए । खोप उमेर समूहका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका र स्वास्थ्यकर्मीले निरन्तर पहल गरिरहेका छन् । पालिकाभित्र १ प्राथामिक स्वास्थ्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी १ आधारभुत स्वास्थ्य केन्द्र र ४ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। यस पालिकाभित्र हाल ७ वटा वडा छन्। गाउँपालिका खोप समिति संयोजक तथा गाउँपालिका अध्यक्ष भिम बहादुर साउदको अध्यक्षता भएको कार्यक्रममा चौरपाटि गाउँपालिका उपाध्यक्ष सर देबि खड्का , प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा,७ वटै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका रेबन्त बोहराले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

ट्रेन्डिङ