Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगर नगरपालिकाले २०८०/०८१का लागी ६९ करोड ३१ लाख ६२ हजारको बजेट ल्यायो

साँफेबगर नगरपालिकाले २०८०/०८१का लागी ६९ करोड ३१ लाख ६२ हजारको बजेट ल्यायो

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ६९ करोड ३१ लाख ६२ हजारको बजेट ल्याएको छ । नगर सभाको ११ औँ अधिबेशनमा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजेट प्रस्तुत गर्नु भएको हो । 

साँफेबगरमा निर्माण भएको चिस्यान घरलाई संचालनमा ल्याउनका लागि आवश्यक बजेटको प्रबन्ध गरीने , नगरपालिकाका क्षेत्रमा कृर्षि फर्म कृषि फर्म ,कृषि समुह तथा व्याक्तीलाई उत्पादनमा योगदान गर्नै प्रोत्साहन स्वरुप कृषि सामाग्रीहरु उपलब्ध गराउँदै अन्य व्यवस्थापन गरिने , कृषि तथा पशुपंक्षीको बजारीकरणको लागी कुषि एम्बुलेन्सको व्यवस्था गर्ने  जस्ता कार्यक्रम प्रस्तुत प्रतिवेदनमा समेटिएका छन् । अछामी नौमुठे गाईको संरक्षण ,बाख्रा कार्यक्रम ,पशु  विकास तथा दुध उत्पादन कार्यक्रम र माछा उत्पादनको सम्भाव्यताको अध्ययन गरी पशुपंक्षी प्रबर्धन कार्यक्रम संचालन गरिने उल्लेख गरीएको छ ।

शैक्षिक विकासको क्षेत्रमा स्थानिय पाठ्ठयक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरिने बताएको छ । दिवा खाजाको लागी स्थानिय कृषि उत्पादनमा आधारित खाद्यवस्तुको उपयोग गर्ने ,शिक्षक स्वर्णिम  अवाकस योजनालाई त्रिपवर्षिय रुपमा कार्यन्वयन गरिने बताएको छ । यस्तै अपाङ्गता भएका( ग र घ वगर्का ) व्यक्तिहरुको आय आर्जन सम्बन्धी बिशेष कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । ५ वर्ष मुनिका बालबालीका र ६८ वर्ष भन्दा माथिका नागरिकलाई वडा कायैलयमा गएर सामाजिक सुरक्ष भत्ता वितरण गरिने भएको छ । यसैबिच स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउन नसकी आर्थिक अवस्था कमजोर भएका गर्भवतीहरुलाई सुरक्षित प्रसुति सेवाको लागी बयालपाटा अस्पतालमा सम्म पुर्याउन एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराइने बताएको छ ।

यस्तै भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थि बसोबासीको समस्यालाई मध्येनजर गरी कानुन बमोजिम जग्गाधनि प्रमाण पुर्जा उपल्बध गराईने , नयाँ शहर आयोजना कार्यलयको कार्यक्षेत्र नगरपालीकाका १४ वटै वडामा विस्तारको लागी पहल गरिने भएको छ । स्थानिय भाषा ,कला ,संस्कृतिको संरक्षण तथा साहित्य सम्बन्धी विभिन्न साहित्य सम्बन्धी बिभिन्न साहित्यिक तथा सास्कृतीक कार्यक्रम आयोजना गरीने ,सुदुरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनिसैन देखि सहस्त्रलिंग सम्म केवुकार सञ्चालनको लागी सम्भाव्यता अध्ययन गर्न पहल गरिने , श्रमको सम्मान राष्ट्को अभियान कार्यक्रम संभालन गरिने , मेयर रोजगार कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।

यस्तै युवा रोजगारीका लागि रुपान्तरण परीयोजना प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईने , बैदेशीक रोजगारीबाट र्फकिएका युवाहरुको लागी पुनस्र्थापना सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरीने नगर उप प्रमुख कुँवरले जानकारी गराउनु भयो । यस्तै नगर स्तरीय सहकारी सञ्चालनको निर्माण गरी क्रियासिल बनाईने ,प्रसति सेवा केन्द्र सञ्चालन नभएका स्वास्थ्य संस्थाहरु - नवाठाना र चन्डीकामा प्रसुति सेवा केन्द्र सञ्चालन गरीने , वडा नं १२ को पुत्रुमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याईने आवश्यकता अनुसार मानबिय चाप रहेका बजार क्षेत्र तथा सार्वजनीका स्थानमा खानेपानी सुबिधा पुर्याई  सार्वजनीक  शौचालय निर्माण गर्ने निती अवलम्बन गरीने, सामाजीक रुपान्त्रणको लागि महिला सशक्तिकरण परियोजनालाई निरन्तरर्ता दिई बाकि वडामा कार्यक्रम बिश्तार गर्ने पहल गरीने भएको छ ।

यस्तै एक वडा एक खेलकुद मैदान निर्माणका लागि आवश्यक पहल गरीने , लागु औषध दुव्र्यसन सम्बन्धी १४ देखि ४० वर्ष उमेर समुहका युवाहरुसगं सचेतना तथा अन्तरत्र्रिmया कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै आवश्यकता तथा औचित्यको आधारमा नगर क्षोत्रको सडकहरुको मर्मत गरीने र सडक सञ्जालले नछोएका टोल बस्तीहरुमा सडक बिस्तार गरीने , नेपाल बिद्युत प्रधिकरण संगको समन्वय र सहकार्यमा बिद्यतको पहुँच नपुगेका स्थानहरुमा बिद्युतीकरण गरी सत प्रतिसत पहुच पुर्याईने ,मेलमिलाप सम्बन्धि आधारभुत तथा पुन ताजगी तालीम सञ्चालन गरी प्रत्येक वडामा मेलमिलाप केन्द्रको व्यावस्थापन गरीने  लगाएतका कार्यक्रम सार्वजनीक गरीएका छन ।

साँफेवगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डुविन्द्र प्रसाद बराल ,नगर कार्यपालीकाका सदस्य , १४ वटै वडाका वडा अध्यक्ष ,वडा सदस्य, पत्रकार लगाएतको सहभागीता रहेएको थियो ।

प्रतिक्रिया