Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं खानेपानीको समस्या भोग्दै आएका साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बासिन्दाहरुको अहिले घरघरमा खानेपानी पुगेको छ । सिद्धेश्वरका नौलाकोट,बस्ती गाउँ,माझरुम्टा,चाफातोलाका,खैराला,शंखबेल,टोटासा,कोलगडा,गोलीगाउँ,रातीमाटाका करिब एकसय भन्दा बढी घरधुरीलाई खानेपानी बितरण गरिएको छ । यी टोलहरुले बर्षाेदेखि खानेपानीको चरम अभाव भोग्दै आएका थिए । 

घरघरमा यसरी खानेपानीको धारा पुग्दा खुशीको सिमाना नै नरहेको स्थानीय महिला मिना बिकले बताउनु भयो । उहाँले बर्खाका बुढीगंगाको धमिलो र निकै समय लगाएर पानी लिन जानुपर्ने ठुलो कष्ट हटेको बताउनु भयो । ‘पानीको समस्याले निकै थलिएका थियौ स्थानीय धरु कोलीले भन्नुभयो अब त्यो समस्याबाट मुक्त भयौं ।’ 

नगरपालिकाको १५ लाखको लागतमा डिप बोरिग मार्फत खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानी आयोजनाको काम उपभोक्ता समिति मार्फत गरिएको हो । खानेपानी आयोजनाको काम अन्तिमचरणमा रहेको उपभोक्ता समितिका सचिब बमबहादुर कुँवरले जानकारी दिनु भयो । 

नगरपालिकाबाट अनुगमन भएपछि काम सम्पन्न हुने कुँवरले बताउनु भयो । चुनाबको बेला गरेको केहि बाचा मध्ये सिद्धेश्वरको खानेपानीको समस्या समाधान गर्न सफल भएको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनु भयो । नागरिकका हरेक समस्या समाधानका लागी दिनरात आफु तत्पर रहेको भन्दै नगर प्रमुख कुँवरले केहि हदसम्म समस्या समाधान गर्न सफल भने भएको जिकिर गर्नुभयो । 

अछामकै मुख्य व्यापारीक केन्द्र साँफेबजारसंग जोडिएका यी टोलहरुमा विगत लामो समयदेखि खानेपानीको चरम अभाव रहेको थियो । 
   
 

प्रतिक्रिया