Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं खानेपानीको समस्या भोग्दै आएका साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बासिन्दाहरुको अहिले घरघरमा खानेपानी पुगेको छ । सिद्धेश्वरका नौलाकोट,बस्ती गाउँ,माझरुम्टा,चाफातोलाका,खैराला,शंखबेल,टोटासा,कोलगडा,गोलीगाउँ,रातीमाटाका करिब एकसय भन्दा बढी घरधुरीलाई खानेपानी बितरण गरिएको छ । यी टोलहरुले बर्षाेदेखि खानेपानीको चरम अभाव भोग्दै आएका थिए । 

घरघरमा यसरी खानेपानीको धारा पुग्दा खुशीको सिमाना नै नरहेको स्थानीय महिला मिना बिकले बताउनु भयो । उहाँले बर्खाका बुढीगंगाको धमिलो र निकै समय लगाएर पानी लिन जानुपर्ने ठुलो कष्ट हटेको बताउनु भयो । ‘पानीको समस्याले निकै थलिएका थियौ स्थानीय धरु कोलीले भन्नुभयो अब त्यो समस्याबाट मुक्त भयौं ।’ 

नगरपालिकाको १५ लाखको लागतमा डिप बोरिग मार्फत खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानी आयोजनाको काम उपभोक्ता समिति मार्फत गरिएको हो । खानेपानी आयोजनाको काम अन्तिमचरणमा रहेको उपभोक्ता समितिका सचिब बमबहादुर कुँवरले जानकारी दिनु भयो । 

नगरपालिकाबाट अनुगमन भएपछि काम सम्पन्न हुने कुँवरले बताउनु भयो । चुनाबको बेला गरेको केहि बाचा मध्ये सिद्धेश्वरको खानेपानीको समस्या समाधान गर्न सफल भएको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनु भयो । नागरिकका हरेक समस्या समाधानका लागी दिनरात आफु तत्पर रहेको भन्दै नगर प्रमुख कुँवरले केहि हदसम्म समस्या समाधान गर्न सफल भने भएको जिकिर गर्नुभयो । 

अछामकै मुख्य व्यापारीक केन्द्र साँफेबजारसंग जोडिएका यी टोलहरुमा विगत लामो समयदेखि खानेपानीको चरम अभाव रहेको थियो । 
   
 

प्रतिक्रिया