ताजा अपडेट
कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी
पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।
आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर चार दिनपछि बुधबार बेलुकी जलहरी पुन: स्थापित गर्न लागिएको स्रोतले जानकारी दिएको छ।
जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।
जलहरीमा तत्कालीन राष्ट्पति भण्डारी, तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, संस्कृतिसचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य तीन भट्ट, दुई जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो।
‘कुँदिएको नाम मेटेर जलहरीको केही कुच्चिएको भाग फेरि मिलाएर अहिले बेलुकी फेरि मन्दिरमा जलहरी पुनर्स्थापित गर्न लागिएको हो,’ पशुपतिको एउटा स्रोतले भन्यो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया