Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी

कुँदिएका १३ जनाकै नाम मेटेर पशुपतिमा जलहरी पुनर्स्थापित गर्ने तयारी

पशुपतिनाथको मन्दिरमा राखिएको १०७ किलोभन्दा बढी तौलको सुनको जलहरीमा कुँदिएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटिएको छ।

आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर चार दिनपछि बुधबार बेलुकी जलहरी पुन: स्थापित गर्न लागिएको स्रोतले जानकारी दिएको छ।

जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि बुधबार बेलुकी पुन: जलहरी राख्न लागिएको हो।

जलहरीमा तत्कालीन राष्ट्पति भण्डारी, तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, संस्कृतिसचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य तीन भट्ट, दुई जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो।

‘कुँदिएको नाम मेटेर जलहरीको केही कुच्चिएको भाग फेरि मिलाएर अहिले बेलुकी फेरि मन्दिरमा जलहरी पुनर्स्थापित गर्न लागिएको हो,’ पशुपतिको एउटा स्रोतले भन्यो।

प्रतिक्रिया