Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपाली कांग्रेसको प्रथम संयुक्त सम्मेलन साफेबगरमा सम्पन्न

नेपाली कांग्रेसको प्रथम संयुक्त सम्मेलन साफेबगरमा सम्पन्न

नेपाली कांग्रेस अछाम क्षेत्र १ र प्रदेश कार्यसमिति क अछाम को प्रथम संयुक्त सम्मेलन सांफेबगर सम्पन्न   भएको छ । क्षेतृय  सभापति कृष्ण बुढाको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाह रहनु भएको थियो भने बिशिष्ट अतिथि सुदुर पश्चिम प्रदेश कार्य समिती सदस्य रुपा आउजी ,  नेपाली कांग्रेस जिल्ला कार्यबाहक सभापति नयाराम बजगाँई रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री शाहले  देशको अस्तित्व  बचाउनका लागी नेपाली काँग्रेस आवश्यक रहेको बताउनु भएको छ । उँहाले नेपाली काँग्रेस जनताको पाटी भएकाले जनताका समस्या समाधान कसरी गर्ने सकिन्छ भन्ने तर्फ लाग्न आवश्यक रहेको बताउनु भएको छ । साथै उँहाले पाटी भित्र केहि बिमतीहरु सिर्जना भएको  र ति समस्याहरुलाई समधान गर्ने आफुले पहल गर्ने पनि बताउनु भएको छ ।

यसै बिच साँफेबगर नगरपालीकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरपालिकाका जनसंख्यार र उँहाका समस्याहरुको आधारमा बजेट बिनियोजन गरेको बताउनु भएको ।   काँग्रेसको प्रथम सम्मेलनमा बोल्दै नगरप्रमुख कुँवरले जनताले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नु आफ्नो मुख्य भुमिका रहने बताउनु भएको  छ ।

कार्यक्रममा  महासमिति सद्स्य  अर्जुन ताम्राकार ,जयन्द्र स्वार, भुवनेस्वरी शर्मा,भगवति खनाल,जिल्ला समन्वय समिति प्रमुख ललित  कुवर, जिल्ला  कोषाध्यक्ष बल बहादुर साउद, महाधिबेशन प्रतिनिधि अप्सरा कुँवर जिल्ला पािट प्रबक्ता पदम शाह्,जिल्ला कार्यसमिति सद्स्य गोकुल भाट, रामारोशन गाउपालिकाका अध्यक्ष  मान बहादुर साउद,बान्नीगधि जयगढ गाउपालिका अध्यक्ष टेक बहादुर  साउद,ढकारी गाउपालिका अध्यक्ष प्रकाश साउद,  चौरपातिका गाउपालिका उपाध्यक्ष सर देबि खड्का, मेलेख गाउपालिकाका उपाध्यक्ष निर्प खड्का, नगर सभापति लाल बहादुर कुवर नेत्र लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रदेस  सभा १ क का प्रदेश सभापति महेस खड्काले स्वागत मन्तब्य  राख्नु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिब भिम कुँवरले गर्नु भएको थियो  ।  

प्रतिक्रिया