Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै

कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको जेठ अन्तिम साता हत्या भयो। परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप छ। जिल्लामा पुसदेखि अहिलेसम्म दुई महिलाको परिवारका सदस्यहरुबाटै हत्या भएको छ। जिल्लामा एक जना पुरुषको हत्या भएको इन्सेक सुदूरपश्चिमका संयोजक खड्कराज जोशीले बताए। उनका अनुसार कैलालीमा सबैभन्दा बढी बालबालीका र महिला असुरक्षित छन्।

जिल्लाभित्र सबैभन्दा बढी घरेलु हिँसाका घटना हुँदै आएका छन्। पुसदेखि हालसम्म एक सय २० वटा घरेलु हिँसाका घटना भएका छन्। त्यस्तै जबरजस्ती करणीका १७, जबरजस्ती करणी प्रयासका एक, यौनदुव्र्यभारका एक, बेचबिखनका तीन तथा बहुविवाहका सात घटना भएका छन्। साथै बाल विवाहको एक मुद्दा दर्ता भएको अभिलेख छ।

बालअधिकारबाट २० जना पीडित भएकोमा १० जना जबरजस्ती करणीबाट पीडित भएको तथ्याँक छ। जिल्लामा बाल विवाहपछि जबरजस्ती करणीका मुद्दा बढी दर्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले बाल विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको बताइन्। १८ वर्ष मुनीका प्रायः बालबालीकाको विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको उनले बताइन्। साथै जबरजस्ती करणीका घटना समेत भयावह रुपमा बढ्दै गएको पाइएको छ।

कैलालीमा सात महिनाको अवधिमा एक सय ८६ वटा अपराधका घटना भएका छन्। यस्ता घटनाबाट सबैभन्दा बढी एक सय ८२ महिला र आठ जना पुरुष पीडित भएका छन्। साथै सो अवधिसम्ममा एक सय ९० जना पीडित भएको इन्सेक सुदूरपश्चिमका संयोजक जोशीले बताए। बाल विवाहपछि सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेको प्रहरी अधिकारीले बताएका छन्।

जिल्लाभित्र अपराधका घटना घट्नुको साटो बढ्दै गएको पाइएको छ। सबैभन्दा बढी घरेलु हिंसाबाट महिला पीडित बन्ने गरेको पाइएको हो। जबरजस्ती करणीदेखि बालविवाहका घटना एकपछि अर्को बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणीय लगायत अपराधका घटना सबैभन्दा बढी कैलालीमा हुने गरेको देखिएको छ। जिल्लाभित्र हुने जबरजस्ती करणीका घटना न्युनिकरण गर्न चुनौति हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया