Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै

कैलालीका महिला छैनन् सुरक्षित, जबरजस्ती करणी भयावह बन्दै

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको जेठ अन्तिम साता हत्या भयो। परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप छ। जिल्लामा पुसदेखि अहिलेसम्म दुई महिलाको परिवारका सदस्यहरुबाटै हत्या भएको छ। जिल्लामा एक जना पुरुषको हत्या भएको इन्सेक सुदूरपश्चिमका संयोजक खड्कराज जोशीले बताए। उनका अनुसार कैलालीमा सबैभन्दा बढी बालबालीका र महिला असुरक्षित छन्।

जिल्लाभित्र सबैभन्दा बढी घरेलु हिँसाका घटना हुँदै आएका छन्। पुसदेखि हालसम्म एक सय २० वटा घरेलु हिँसाका घटना भएका छन्। त्यस्तै जबरजस्ती करणीका १७, जबरजस्ती करणी प्रयासका एक, यौनदुव्र्यभारका एक, बेचबिखनका तीन तथा बहुविवाहका सात घटना भएका छन्। साथै बाल विवाहको एक मुद्दा दर्ता भएको अभिलेख छ।

बालअधिकारबाट २० जना पीडित भएकोमा १० जना जबरजस्ती करणीबाट पीडित भएको तथ्याँक छ। जिल्लामा बाल विवाहपछि जबरजस्ती करणीका मुद्दा बढी दर्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले बाल विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको बताइन्। १८ वर्ष मुनीका प्रायः बालबालीकाको विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको उनले बताइन्। साथै जबरजस्ती करणीका घटना समेत भयावह रुपमा बढ्दै गएको पाइएको छ।

कैलालीमा सात महिनाको अवधिमा एक सय ८६ वटा अपराधका घटना भएका छन्। यस्ता घटनाबाट सबैभन्दा बढी एक सय ८२ महिला र आठ जना पुरुष पीडित भएका छन्। साथै सो अवधिसम्ममा एक सय ९० जना पीडित भएको इन्सेक सुदूरपश्चिमका संयोजक जोशीले बताए। बाल विवाहपछि सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेको प्रहरी अधिकारीले बताएका छन्।

जिल्लाभित्र अपराधका घटना घट्नुको साटो बढ्दै गएको पाइएको छ। सबैभन्दा बढी घरेलु हिंसाबाट महिला पीडित बन्ने गरेको पाइएको हो। जबरजस्ती करणीदेखि बालविवाहका घटना एकपछि अर्को बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणीय लगायत अपराधका घटना सबैभन्दा बढी कैलालीमा हुने गरेको देखिएको छ। जिल्लाभित्र हुने जबरजस्ती करणीका घटना न्युनिकरण गर्न चुनौति हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया