Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २१ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

अछामलाई पूर्णखोप सुश्चितता तथा दिगोपना जिल्ला घोषणा

अछामलाई पूर्णखोप सुश्चितता तथा दिगोपना जिल्ला घोषणा

अछाम : अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रमका बिच पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाहले अछाम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरे ।

अछाम जिल्लाका सबै पालिकामा जन्मे देखी १५ महिनासम्म पुगेका बालबालिकाले खोपको मात्र पुरा गरेको सुचक भेटिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

अछाम जिल्लाका १० वटा पालिकामा १६ महिना देखि ५ बर्ष सम्मका १३ हजार ४ सय ३६ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चिता भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा अछामका १० वटै पालिकामा घरधुरी सर्वेक्षण गरि बालबालिकाले पोख पाए नपाएको एकिन गरिएको थियो । जसमा २१ जनाले कुनैपनि खोप नपाएको र १ सय ८ जनाले पुरा खोप लगाउन छुटेका भेटिएको थियो । सो पश्चात उनिहरुलाई खोपको मात्र पुरा गरिएको थियो ।

यसअघि जिल्लाका १० वटै पालिकालाई समेत असार ६ गते देखि १३ गते सम्म पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले बताए ।

२०७० ७१ को तत्कालिन जिल्ला परिषदले अछामलाई पूर्णखोप युक्त जिल्ला घोषणा गर्ने निर्णय बमोजिम २०७१ भाद्र २८ गते अछाम जिल्ला पूर्ण खोप जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसअघि २०६९ साल पौष १४ गते तत्कालिन अछाम जिल्लाको क्षेत्र नं. १ मा को भागेश्वर गाविस नेपालकै पहिलो पूर्णखोप युक्त गाविस घोषणा भएको थियो । 

कार्यक्रममा बोल्दै  पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोविन्द बहादुर शाहले खोपले बिभिन्न रोगबाट बालबालिकालाई बचाउने भएकोले खोप हरेक व्यक्तीका लागि महत्पूर्ण भएको बताएका छन् । खोपले नै बिभिन्न रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले खोप बालबालिकाका लागि मात्र नभई हरेक नागरिकका लागि आवश्यक रहेको बताए । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रमुख अथिति रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शाहले हरेक नागरिक स्वस्थ्य रहे मात्र सिंगो समुदाय र राष्ट नै स्वस्थ्य हुने बताए । स्वस्थ्य रहनका लागि जन्मिने बित्तिकै हरेक खोपका मात्राहरु पुरा गराउन तर्फ सबै राजनितिक दल, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।

जिल्ला खोप समन्वय समितीका संयोजक रहेका जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, ढकारी गाँएपालिकाका अध्यक्ष प्रकाश साँउद, प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने, बान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष बिन्दु रावल, सबै राजनितिक दलको तर्फबाट नेपाली कांग्रेसका कार्यबाहक सभापती नयाँराम बजगाँई र नेपाल पत्रकार महासंघ अछामका सचिव पूर्ण बहादुर खड्काले शुभकामना मन्तव्य राख्दै स्वास्थ्य कार्यालय अछामको अग्रसरतमा जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार भएको बताएका थिए । स्वास्थ्य संगै जिल्लाका रहेक सामाजिक सवालमा सबै राजनितिक दल, समाजसेवी, जनप्रतिनिधी एक भएर अघि बढ्नुपर्नेमा उनिहरुको जोड थियो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय अछामको तर्फबाट प्रतिबेदन पेश गर्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले राजनैतिक प्रतिबद्धता र स्थानीय सरकार स्वस्फुर्त परिचालन, खोप कार्यक्रम अभियानकै रुपमा संचालन हुनु, सहकार्यको सहज वातावरण निर्माण, आन्तरिक श्रोतको पहिचान तथा परिचालन, जिल्ला खोप समन्वय समितिको सक्रिय नेतृत्व, वालविलकाको स्वास्थ्य प्रति समुदायको प्रतिबद्धता र मानवीय स्रोतको विकास र परिचालनले अछाम जिल्लामा खोपमा सफलता प्राप्त भएको समेत उनले बताए । साथै उनले स्वास्थ्यका क्षेत्रमा केही चुनौती समेत रहेकाले त्यसको समाधान गर्न सबैले साथ दिनुपर्नेमा जोड दिए ।

१० वटै पालिकाका जनप्रतिनिधी, राजनितिक दलका प्रमुख प्रतिनिधी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, स्वास्थ्य शाखा संयोजक लगायत सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुचना अधिकारी समेत रहेका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गरेका थिए । कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीले अछाम जिल्ला र जिल्ला खोप समन्वय समिती अछामको तर्फबाट १० वटै पालिकाहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया