Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

आर्थिक बर्ष २०७९/०८० को शसर्त कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढिकरण, पुर्ण खोप सुनिश्चितता र दिगोपनका लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि ३ दिने कार्ययोजना गोष्टि साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ । 

साँफेबगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिका भरिका खोप कार्यकर्ता माझ खोप कार्यक्रमको समिक्षा तथा सुक्षम योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि कार्ययोजना बारे १४, १५ र १६ गते तालिम संचालन गरीएको हो ।

अन्तिम दिनको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले खोप बाल बालिकाको नैसर्गिक अधिकार भएका कारण हरेक घरका बालबालिकाले खोप लाउन पाउनु पर्ने बताउनु भयो । स्वास्थ्य जस्तो सम्बेदनसिल कुरामा नगरपालिका सदैव आफ्नो प्रथम प्राथामिकता सहित हर सम्भव लगानी गर्न तत्पर रहेको नगर प्रमुख कुँवरले बताउनु भयो । देशमा चलिरहेको आर्थीक भार को मारमा नगरपालिका परेको हुँदा केहि अरु विकासका कुरामा ढिला सुस्ती आएपनी स्वास्थ्य जस्तो कुरामा कुनै पनि सम्झौता नगरिने समेत नगर प्रमुख कुँवरले बताउनु भयो ।  ३ दिनसम्म चलेको गोष्टिमा प्रसिक्षण साफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, साँफेबगर नगरपालिकाका जन स्वास्थ्य निरीक्षक प्रमुख लक्षमण नाथ योगि र साँफेबगर नगरपालिकाका हेल्थ असिस्टेन्ट हिमालय जोशिले दिनुभएको थियो । 

समापन कार्यक्रमा बोल्दै साँफेबगर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत डुबेन्द्र प्रसाद बरालले सहभागिहरुले सिकेका कुरा आ-आफ्नो क्षेत्रमा गएपछि लागु गर्नु पर्ने र तथ्यका आधारीत तथ्यङ्क सधै राखिनुपर्ने बताउनु भयो । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले अध्यक्षता गर्नुभएको समापन कार्यक्रमका अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख शिलोज कुँवर, साँफेबगर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डुबेन्द्र प्रसाद बराल, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, स्वाथ्य कार्यालय अछामका प्रतिनिधि दिपेन्द्र जोशि र भुमिनन्द ढुंगाना रहनुभएको थियो । सहभागिहरुको तर्फबाट बयालपाटा अस्पतालको तर्फकाट प्रतिनिधित्व गर्दै सहभागि रमिता बोगटिले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका जन स्वास्थ्य निरीक्षक लक्षमण नाथ योगिले गर्नु भएका थियो ।
 

प्रतिक्रिया