Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

पुर्ण खोप सुनिश्चितता सम्बन्धि गोष्टि साँफेबगरमा सम्पन्न

आर्थिक बर्ष २०७९/०८० को शसर्त कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढिकरण, पुर्ण खोप सुनिश्चितता र दिगोपनका लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि ३ दिने कार्ययोजना गोष्टि साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ । 

साँफेबगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिका भरिका खोप कार्यकर्ता माझ खोप कार्यक्रमको समिक्षा तथा सुक्षम योजना अध्यावधिक र सरसफाई प्रवद्र्धन सम्बन्धि कार्ययोजना बारे १४, १५ र १६ गते तालिम संचालन गरीएको हो ।

अन्तिम दिनको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले खोप बाल बालिकाको नैसर्गिक अधिकार भएका कारण हरेक घरका बालबालिकाले खोप लाउन पाउनु पर्ने बताउनु भयो । स्वास्थ्य जस्तो सम्बेदनसिल कुरामा नगरपालिका सदैव आफ्नो प्रथम प्राथामिकता सहित हर सम्भव लगानी गर्न तत्पर रहेको नगर प्रमुख कुँवरले बताउनु भयो । देशमा चलिरहेको आर्थीक भार को मारमा नगरपालिका परेको हुँदा केहि अरु विकासका कुरामा ढिला सुस्ती आएपनी स्वास्थ्य जस्तो कुरामा कुनै पनि सम्झौता नगरिने समेत नगर प्रमुख कुँवरले बताउनु भयो ।  ३ दिनसम्म चलेको गोष्टिमा प्रसिक्षण साफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, साँफेबगर नगरपालिकाका जन स्वास्थ्य निरीक्षक प्रमुख लक्षमण नाथ योगि र साँफेबगर नगरपालिकाका हेल्थ असिस्टेन्ट हिमालय जोशिले दिनुभएको थियो । 

समापन कार्यक्रमा बोल्दै साँफेबगर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत डुबेन्द्र प्रसाद बरालले सहभागिहरुले सिकेका कुरा आ-आफ्नो क्षेत्रमा गएपछि लागु गर्नु पर्ने र तथ्यका आधारीत तथ्यङ्क सधै राखिनुपर्ने बताउनु भयो । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले अध्यक्षता गर्नुभएको समापन कार्यक्रमका अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख शिलोज कुँवर, साँफेबगर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डुबेन्द्र प्रसाद बराल, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, स्वाथ्य कार्यालय अछामका प्रतिनिधि दिपेन्द्र जोशि र भुमिनन्द ढुंगाना रहनुभएको थियो । सहभागिहरुको तर्फबाट बयालपाटा अस्पतालको तर्फकाट प्रतिनिधित्व गर्दै सहभागि रमिता बोगटिले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका जन स्वास्थ्य निरीक्षक लक्षमण नाथ योगिले गर्नु भएका थियो ।
 

प्रतिक्रिया