Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण

चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण

साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई अछामले आज एक कार्यक्रमको आयोजनामा कृषि समाग्री वितरण गरिएको हो । परियोजना अन्र्तगत चण्डिकामा १५ लाख बराबरको हाईटेक टनेल निमार्ण हुनेछ । सहकारी सस्ंथामा ४० जना सदस्यहरुलाई कृषि कार्यका लागी आवश्यक पर्ने सम्पुर्ण समाग्री वितरण गरिएको परियोजनाका प्रमुख युवराज विकले जानकारी दिनु भयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागी छनौट भएको सहकारी संस्थालाई १५ लाख बजेट उपलब्ध गराईएको उहाँले बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष टंक ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाह रहनु भएको थियो । कार्यक्रममा उहाँले परियोजनाको बजेट सहि सदुपयोग गरी समुदाय उदाहरणीय कार्य गरेर देखाउन सहकारीलाई आग्रह गर्नुभयो । मन्त्री शाहले जिल्लाका रैथाने बाली संरक्षण तर्फ ध्यान दिन पनि सुझाब दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथि समन्वय प्रमुख ललितबहादुर कुँवरले सरकारले कृषिमा गरेको लगानीबाट समुदायले लाभ लिएर बोलेर नभएर साँच्चीकै व्यवहारमा कृषिमा क्रान्ती गनुपर्नेमा जोड दिनु भयो । उहाँले बिषेश गरी महिलाहरुले कृषिमा आत्मनिर्भर बनेर आर्थिक रुपमा शसक्त र मजबुद भए मात्र सम्मुनत नेपालको परिकल्पना साकार हुने बताउनु भयो । कार्यक्रममा कृषि प्रधानमन्त्री आधुनिकिकरण परियोजना ईकाई अछामका प्रमुख युवराज विकले कृषिमा क्रान्तीका गर्नका लगाी परियोजना बृहत अवधारण रहेको बताउनु भयो । उहाँले यो परियोजना मार्फत कृषि प्रविधि सिकाई तथा अध्ययन केन्द्रको रुपमा बनाउने यसको अवधारण रहेको भन्दै परियोनालाई सफल बनाउन सबै समुदाय लाग्नु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी संस्थाका सदस्यहरुले आफुहरुलाई कृषि सम्बन्धी तालिमको आवश्यकता भएको भन्दै तालिम सञ्चालन गरिदिन आग्रह गरेका छन । कार्यक्रममा चण्डिकाका वडा अध्यक्ष कालु सिं कुँवर,कृषि प्राबिधिक पुर्णप्रसाद ढुंगाना,आत्म गौरव सहकारी संस्थाका सस्थापक अध्यक्ष अर्जुन तामा्रकार,फाटो पत्रकार महासंघका प्रदेश अध्यक्ष धिरज कुँवर,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर,पत्रकार महासंघ अछामका सचिब पुर्ण खड्का लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिब प्रतिभा कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ