Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण

चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण

साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिकाको आत्मगौरव सहकारी संस्थालाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई अछामले आज एक कार्यक्रमको आयोजनामा कृषि समाग्री वितरण गरिएको हो । परियोजना अन्र्तगत चण्डिकामा १५ लाख बराबरको हाईटेक टनेल निमार्ण हुनेछ । सहकारी सस्ंथामा ४० जना सदस्यहरुलाई कृषि कार्यका लागी आवश्यक पर्ने सम्पुर्ण समाग्री वितरण गरिएको परियोजनाका प्रमुख युवराज विकले जानकारी दिनु भयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागी छनौट भएको सहकारी संस्थालाई १५ लाख बजेट उपलब्ध गराईएको उहाँले बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष टंक ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाह रहनु भएको थियो । कार्यक्रममा उहाँले परियोजनाको बजेट सहि सदुपयोग गरी समुदाय उदाहरणीय कार्य गरेर देखाउन सहकारीलाई आग्रह गर्नुभयो । मन्त्री शाहले जिल्लाका रैथाने बाली संरक्षण तर्फ ध्यान दिन पनि सुझाब दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथि समन्वय प्रमुख ललितबहादुर कुँवरले सरकारले कृषिमा गरेको लगानीबाट समुदायले लाभ लिएर बोलेर नभएर साँच्चीकै व्यवहारमा कृषिमा क्रान्ती गनुपर्नेमा जोड दिनु भयो । उहाँले बिषेश गरी महिलाहरुले कृषिमा आत्मनिर्भर बनेर आर्थिक रुपमा शसक्त र मजबुद भए मात्र सम्मुनत नेपालको परिकल्पना साकार हुने बताउनु भयो । कार्यक्रममा कृषि प्रधानमन्त्री आधुनिकिकरण परियोजना ईकाई अछामका प्रमुख युवराज विकले कृषिमा क्रान्तीका गर्नका लगाी परियोजना बृहत अवधारण रहेको बताउनु भयो । उहाँले यो परियोजना मार्फत कृषि प्रविधि सिकाई तथा अध्ययन केन्द्रको रुपमा बनाउने यसको अवधारण रहेको भन्दै परियोनालाई सफल बनाउन सबै समुदाय लाग्नु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी संस्थाका सदस्यहरुले आफुहरुलाई कृषि सम्बन्धी तालिमको आवश्यकता भएको भन्दै तालिम सञ्चालन गरिदिन आग्रह गरेका छन । कार्यक्रममा चण्डिकाका वडा अध्यक्ष कालु सिं कुँवर,कृषि प्राबिधिक पुर्णप्रसाद ढुंगाना,आत्म गौरव सहकारी संस्थाका सस्थापक अध्यक्ष अर्जुन तामा्रकार,फाटो पत्रकार महासंघका प्रदेश अध्यक्ष धिरज कुँवर,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर,पत्रकार महासंघ अछामका सचिब पुर्ण खड्का लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिब प्रतिभा कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया