Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद

मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साँउदले चौरपाटि गाउपालिकाको नव निर्मित भवन बाट यो समाजको गती लाई सम्पन्नताको यात्रा तिर लिन सके मात्र यसको सार्थकता रहने बताउनु भएको छ । आज चौरपाटी गाउँपालिकाको नव निर्मित भवन उद्घाटन  समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री साँउदले जनताबाट निर्वाचित भएर  आईसके पछि सेवाको भावना लिएर काम गर्नु पर्ने बताउनु भएको छ । सबै जनताको कल्याण गर्नु , सबै जनतालाई राहत पु¥याउनु र समग्र पालिकाको बिकासका  गर्नु आफ्नो कर्तव्य सम्झेर काम गर्न उँहाले आग्रह गर्नु भएको छ । मन्त्री साँउदले छिल्लो समय युवाहरु बिदेश पलाएन हुने क्रम बढेकाले त्यो प्रबृती रोक्ने खालका योजना ल्याउन आवश्यक रहेको बताउनु भएको छ । साथै उँहाले कृषिमा लगानी बढाउन नसके सम्म कृषिमा करान्ती नहुने बताउनु भएको छ ।नेपाल जलश्रोतको धनी देश भएकाले हरेक खोलानाला बाट बिद्युत उत्पादन गरी भारतमा मात्रै नभई बंगलादेशमा समेत बिधुत आपूर्ती गर्न सकिने र सरकार त्यसै दिशा तर्फ अघि बढेको समेत मन्त्री साँउदले बताए ।  फरक पंसंगमा बोल्दै मन्त्री साँउदले साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पार्नु भएको छ । उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्नु भयो  । गठबन्धन भित्रका केहि कमि कमजोरी भए पात्र बदल्ने तर गठबन्धन नटुट्ने बताउनु भएको छ ।  चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री साँउदले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए । यो समयमा गठबन्धनलाई बदल्नु भन्दा पनि मुलुकलाई स्थिरता दिने र मुलुकलाई अगाडी बढाउने बाटोमा केन्द्रित भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । बेमौकामा गठबन्धन तलमाथी गरेर देशको पद्धतीका बारेमा जनतामा अन्यौल सृजना गर्न नहुने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साँउदले २÷२ महिना सरकार बदल्ने खेलमा लागे लक्षित क्षेत्र तर्फ सरकार अघि बढ्न नसक्ने बताए । सरकार बदल्ने बाटोमा भन्दा पनि मुलुक लाई अहिले स्थिरता र विकासको बाटोमा अघि लैजाने उपयूक्त समय भएको उनले बताए । यसै बिच कार्यक्रममा बिशिष्ट अतिथि नेपाल सरकारका पूर्व सामाजिक सुरक्षा मन्त्री तथा नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य  सेर बहादुर कुँवरले आफ्नो पलिकामा भएको नव निर्मित भवनको उदघाटन समारोहमा उपस्थित हुन पाउदा खुशी व्यक्त गर्नु भएको छ । उँहाले पालिकाकाले कसैलाई पनि काखा र पाखा नगरी सबै नागरीकलाई समान खालको सेवा दिनु पर्ने बताउनु भएको छ । पुर्व मन्त्री  कुँवरले आफ्नो ठाउको समग्र विकास र जनतालाई परेका समस्या को समाधानको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ । चौरपाटि गाउपालिकाको नव निर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उँहाले अछाम जिल्लाकोे बिकासका लागि संघिय सरकार बाट आगामी आर्थिक वर्षका लागि साढे ३ सय करोड रकम बिनियोजन गरीएको बताउनु भएको छ । अछामा जिल्लाको समग्र विकासका लागि समग्र राजनैतीक दल एकताबद्ध भएर लाग्न आवश्यक रहेको बताउनु भएको छ । यसैबिच गाउ पलिकाका अध्यक्ष भिम बहादुर साँउदले गाउपालिकाको नव निर्मित भवन निर्माण गर्ने सहयोग गर्नु हुने सम्पुर्ण चौपाटि गाउपालिका परिवार , कर्मचारी र जनप्रतिनिधिहरुलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । अध्यक्ष साउदले पालिकाको बिकास गर्नु आफ्नो मुख्य दायित्व भएकाले समग्र पालिकाको बिकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ । गाउपालिकामा शिक्षाको गुणस्तर पछि परेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।  गाउपालिकाका अध्यक्ष भिम बहादुर साउदको अध्यक्षतामा  भएको कार्यक्रममा , पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाह,जिल्ला समुनय समितीका प्रमुख ललित कुँवर,अछाम जिल्लाका पालिका प्रमुख तथा प्रतिनिधि , वडा अध्यक्ष ,जन प्रतिनिधि ,बिभिन्न पाटिका प्रमुख तथा प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । यसै कार्यक्रमका बिच भवन निर्माण गर्ने जग्गा दान गर्नु हुने जग्गा दाताहरुलाई सम्मान पनि गरीएको थियो ।  गाउपालिकाका उपाध्यक्ष सर देबि खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रसासकीय अधिकृत धन बहादुर थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया