ताजा अपडेट
भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु
भोजपुरमा दुम्सी मार्न गएका एक युवाको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।
सदरमुकामबाट सुदुर उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्वर ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरेले जनाएको छ ।
भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमवार बिहान घर नजिकै रहेको मकैवारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएँंगै ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि गई अनुसन्धान सुरु गरेको छ ।
घटनास्थलमा एउटा दुम्सी मरेको अबस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अबस्थामा मृत फेला परेकोले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया