Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

अन्तरजातीय बिहेको निहुँमा घरमा आगजनी

जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीखोलामा अन्तरजातीय बिवाहको निहुँमा घरमा आगजनी गरिएको छ । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घरनै जलाइदिएका छन्  ।

उक्त वडाका २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय एक युवालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । गत साता तातोपानी-४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएकाछन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

मुकुन्दका दाजु भरत नेपालीकाअनुसार आईतबार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएकाछन् । जातीयताका आधारमा गरेको यो अत्याचार विरुद्ध कानुनी रुपमा अगाडि बढेको मुकुन्दका दाजु भरत नेपालीले बताउनुभयो । आगलागीको खबर आएपछि तातोपानीको हाँकुमा रहेको प्रहरी चौकीका असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको हाँकु प्रहरी चौकीमा कार्यरत असई गिरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी जोशीकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबाट ६५ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदायछन् । स्थानीय दलित समुदायका अगुवाहरूले गैरदलित समुदायकी किशोरी ‘विवाह’ गरेकै कारण घर जलाइएकोमा उक्त गाउँका स्थानीयवासिले आक्रोश पोखेका छन् ।

भरतले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए । निवेदनका आधारमा हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया