Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २६ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित

साँफेबगर नगरपालिकाको  आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसम्मत पारित


साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । हिजो  सम्पन्न नगरसभाले ५९ करोड ८ लाख ६७ हजारको बजेट पारित गरेको हो । नगर सभाले साँफेबगरमा निर्माण भएको चिस्यान घरलाई संचालनमा ल्याउनका लागि आवश्यक बजेटको प्रबन्ध गरीने , नगरपालिकाका क्षेत्रमा कृर्षि फर्म कृषि फर्म ,कृषि समुह तथा व्याक्तीलाई उत्पादनमा योगदान गर्नै प्रोत्साहन स्वरुप कृषि सामाग्रीहरु उपलब्ध गराउँदै अन्य व्यवस्थापन गरिने , कृषि तथा पशुपंक्षीको बजारीकरणको लागी कुषि एम्बुलेन्सको व्यवस्था गर्ने  जस्ता कार्यक्रम प्रस्तुत प्रतिवेदनमा समेटिएका छन् । अछामी नौमुठे गाईको संरक्षण ,बाख्रा कार्यक्रम ,पशु  विकास तथा दुध उत्पादन कार्यक्रम र माछा उत्पादनको सम्भाव्यताको अध्ययन गरी पशुपंक्षी प्रबर्धन कार्यक्रम संचालन गरिने उल्लेख गरीएको छ । शैक्षिक विकासको क्षेत्रमा स्थानिय पाठ्ठयक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरिने बताएको छ । दिवा खाजाको लागी स्थानिय कृषि उत्पादनमा आधारित खाद्यवस्तुको उपयोग गर्ने ,शिक्षक स्वर्णिम  अवाकस योजनालाई त्रिपवर्षिय रुपमा कार्यन्वयन गरिने बताएको छ । यस्तै अपाङ्गता भएका( ग र घ वगर्का ) व्यक्तिहरुको आय आर्जन सम्बन्धी बिशेष कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । ५ वर्ष मुनिका बालबालीका र ६८ वर्ष भन्दा माथिका नागरिकलाई वडा कायैलयमा गएर सामाजिक सुरक्ष भत्ता वितरण गरिने भएको छ । यसैबिच स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउन नसकी आर्थिक अवस्था कमजोर भएका गर्भवतीहरुलाई सुरक्षित प्रसुति सेवाको लागी बयालपाटा अस्पतालमा सम्म पुर्याउन एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराइने बताएको छ । यस्तै भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थि बसोबासीको समस्यालाई मध्येनजर गरी कानुन बमोजिम जग्गाधनि प्रमाण पुर्जा उपल्बध गराईने , नयाँ शहर आयोजना कार्यलयको कार्यक्षेत्र नगरपालीकाका १४ वटै वडामा विस्तारको लागी पहल गरिने भएको छ । स्थानिय भाषा ,कला ,संस्कृतिको संरक्षण तथा साहित्य सम्बन्धी विभिन्न साहित्य सम्बन्धी बिभिन्न साहित्यिक तथा सास्कृतीक कार्यक्रम आयोजना गरीने ,सुदुरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनिसैन देखि सहस्त्रलिंग सम्म केवुकार सञ्चालनको लागी सम्भाव्यता अध्ययन गर्न पहल गरिने , श्रमको सम्मान राष्ट्को अभियान कार्यक्रम संभालन गरिने , मेयर रोजगार कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
यस्तै युवा रोजगारीका लागि रुपान्तरण परीयोजना प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईने , बैदेशीक रोजगारीबाट र्फकिएका युवाहरुको लागी पुनस्र्थापना सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरीने नगर उप प्रमुख कुँवरले जानकारी गराउनु भयो । यस्तै नगर स्तरीय सहकारी सञ्चालनको निर्माण गरी क्रियासिल बनाईने ,प्रसति सेवा केन्द्र सञ्चालन नभएका स्वास्थ्य संस्थाहरु – नवाठाना र चन्डीकामा प्रसुति सेवा केन्द्र सञ्चालन गरीने , वडा नं १२ को पुत्रुमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याईने आवश्यकता अनुसार मानबिय चाप रहेका बजार क्षेत्र तथा सार्वजनीका स्थानमा खानेपानी सुबिधा पुर्याई  सार्वजनीक  शौचालय निर्माण गर्ने निती अवलम्बन गरीने, सामाजीक रुपान्त्रणको लागि महिला सशक्तिकरण परियोजनालाई निरन्तरर्ता दिई बाकि वडामा कार्यक्रम बिश्तार गर्ने पहल गरीने भएको छ ।

यस्तै एक वडा एक खेलकुद मैदान निर्माणका लागि आवश्यक पहल गरीने , लागु औषध दुव्र्यसन सम्बन्धी १४ देखि ४० वर्ष उमेर समुहका युवाहरुसगं सचेतना तथा अन्तरत्र्रिmया कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै आवश्यकता तथा औचित्यको आधारमा नगर क्षोत्रको सडकहरुको मर्मत गरीने र सडक सञ्जालले नछोएका टोल बस्तीहरुमा सडक बिस्तार गरीने , नेपाल बिद्युत प्रधिकरण संगको समन्वय र सहकार्यमा बिद्यतको पहुँच नपुगेका स्थानहरुमा बिद्युतीकरण गरी सत प्रतिसत पहुच पुर्याईने ,मेलमिलाप सम्बन्धि आधारभुत तथा पुन ताजगी तालीम सञ्चालन गरी प्रत्येक वडामा मेलमिलाप केन्द्रको व्यावस्थापन गरीने  लगाएतका कार्यक्रम सार्वजनीक गरीएका छन ।
 

प्रतिक्रिया