Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जुम्ला : अन्तरजातीय विवाहपछि घर जलाइएकाे भन्दै मुद्दा दर्ता

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलामा अन्तरजातीय विवाहपछि घर जलाइएको भन्दै मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मराज जोशीका अनुसार तातोपानी–४ निवासी भरत नेपालीको घर जलाउने व्यक्तिविरुद्ध मुद्दा दर्ता भएकाे हाे । तातोपानी–४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको इन्स्पेक्टर जाेशीले बताउनुभयाे ।

प्रहरीका अनुसार घरधनी नेपालीका भाइ मुकेन्द्र नेपाली र त्यही गाउँकै गिरी जातकी केटीबीच विवाह भएका कारण केटी पक्षका आफन्तबाट घर जलाइएको हुन सक्ने आशङ्कामा किटानी जाहेरी परेको हो ।

यस घटनामा केटीका बुबाले पनि छोरी हराएको भन्दै गएकाे असार १३ गते निवेदन दिएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केटीका बुबाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी केटी १६ वर्षकी उल्लेख भए पनि १४ वर्ष सात महिनाकी भएकाे जनाइएकाे छ । केटीको विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिना उमेर खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार आइतवार बिहान ३ बजेतिर आगलागी भएर भरत नेपालीको घर जलेको थियो । आगलागीबाट टिनले छाएको माटो र ढुङ्गाले छाएको घरकाे भित्री भाग पूरै जलेकाे प्रहरीले जनाएकाे छ ।

घर जलाइएको विषयमा जातीय विभेद भएको भन्दै सरोकारवाला निकायले ध्यानाकर्षण गराएका छन् । दलित सेवा सङ्घ जुम्ला, दलित मुक्ति मोर्चाले अन्तरजातीय विवाह भएका कारण घर जलाउने विषय गम्भीर भएको भन्दै कानुनी कारबाही गर्न स्थानीय प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया

ट्रेन्डिङ