Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लघुवित्तका गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क

लघुवित्तका गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क

वित्तीय संस्थाको बारेमा आएका समस्या र गुनासो अब सिधै नेपाल राष्ट्र बैंकमा पुर्‍याउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको हो । पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध ऋणीहरुले विभिन्न ठाउँमा कार्य अवरोध गर्ने, कर्मचारीलाई धम्क्याउनेजस्ता समस्या देखिएका छन् । सर्वसाधारणका जायज समस्या सम्बोधन गर्ने उद्देश्यले उनीहरुको गुनासो टिपोट गर्न छुट्टै डेस्क स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेल मार्फत पनि गुनासो दर्तौ गर्न सकिने छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

ट्रेन्डिङ