Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

लघुवित्तका गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क

लघुवित्तका गुनासो सुन्न राष्ट्र बैंकले स्थापना गर्यो छुट्टै डेस्क

वित्तीय संस्थाको बारेमा आएका समस्या र गुनासो अब सिधै नेपाल राष्ट्र बैंकमा पुर्‍याउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको हो । पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध ऋणीहरुले विभिन्न ठाउँमा कार्य अवरोध गर्ने, कर्मचारीलाई धम्क्याउनेजस्ता समस्या देखिएका छन् । सर्वसाधारणका जायज समस्या सम्बोधन गर्ने उद्देश्यले उनीहरुको गुनासो टिपोट गर्न छुट्टै डेस्क स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेल मार्फत पनि गुनासो दर्तौ गर्न सकिने छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया