ताजा अपडेट
अर्घाखाँचीमा पहिरोले घर पुरिदा ३ बालबालिकाको मृत्यु, एक जना घाइते
अर्घाखाँची, १९ असार । अर्घाखाँचीमा पहिरोले घर पुरिंदा तिन जना बालबालिकाको मृत्यु भएको छ । एक जना घाईते छन् । पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तिन बालबालिकाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले बताए । तीन बालबालिका गंगा रास्कोटीका नातीनातिना हुन् ।
घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको अविर वर्षले बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्कोले घरको आधाभाग पुरेको थियो । घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोख्रेलले बताएका हुन। घाइते बालक सचिन राष्कोटीलाई उद्धार गरी उपचारका लागी पाल्पा पठाईएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया