ताजा अपडेट
अर्घाखाँचीमा पहिरोले घर पुरिदा ३ बालबालिकाको मृत्यु, एक जना घाइते
अर्घाखाँची, १९ असार । अर्घाखाँचीमा पहिरोले घर पुरिंदा तिन जना बालबालिकाको मृत्यु भएको छ । एक जना घाईते छन् । पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तिन बालबालिकाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले बताए । तीन बालबालिका गंगा रास्कोटीका नातीनातिना हुन् ।
घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ । तिन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको अविर वर्षले बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरोको ढिस्कोले घरको आधाभाग पुरेको थियो । घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोख्रेलले बताएका हुन। घाइते बालक सचिन राष्कोटीलाई उद्धार गरी उपचारका लागी पाल्पा पठाईएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया